ताजा समाचार

News

बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा बेल्डाँडीका शाह

२०७३ चैत ३ बिहिबार
चैत ३, सुदूर संञ्चार ।
 
कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा बेल्डाँडीका समाजसेवी तथा शिक्षाप्रेमी दिर्घ बहादुर शाह नियुक्त हुनुभएको छ । गत फागुन पहिलो साता मन्त्रिस्तरिय निर्णययानुसार शाहलाई बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा नियुक्त गरेको हो ।  स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन तथा संचालन निर्देशिका दोस्रो संशोधन २०७१ को दफा ९.२.(ख) बमोजिम बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरको संचालक समितिको अध्यक्ष पदमा निर्देशिकाको दफा ३ बमोजिम तीन बर्षका लागि मनोनयन गरिएको छ ।  
 
स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत कृष्ण प्रसाद सुवेदीद्वारा हस्ताक्षरित गरिएको मनोनय पत्रमा स्वास्थ्य सेवाको विस्तार गर्न तथा सेवाको प्रभावकारिता एव गुणस्तर अभिबृद्धि गर्न सक्रिय, समन्वयकारी योगदान गर्न विश्वास गरिएको छ । सरस्वती प्राविका पुर्व प्रद्यानाध्यापक समेत रहेका शाह सेवानिवृत पछि सोही विद्यालयको अध्यक्ष भएका थिए । स्थानीय समाजसेवी तथा शिक्षाप्रेमी शाहले उक्त क्षेत्रको शैक्षिक, सामाजिक, आर्थिक तथा संस्कृतिक विकासका लागि समेत भूमिका निर्वाह गर्दै आएका छन् । नव नियुक्त शाहले आफुलाई पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने बताए ।
 
स्वास्थ्य क्षेत्रको सुधारका लागि आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्ने उनको बचन छ । ‘पद ठुलो होईन्, ‘उनले भने, ‘मन बचन कर्मले सेवा गर्ने छु । समग्र स्वास्थ्य क्षेत्रको सुधार गर्ने उनको भनाई छ । सुदूरपश्चिमको अछाम कुस्कोट अछाम जन्मेका शाह हाल कञ्चनपुरको बेल्डाँडी नगरपालिका–१ झर्नासागरमा बस्दै आएका छन् । उनी अध्यक्षमा नियुक्त भएपछि उनका सहकर्मी सुभचिन्तकहरुले बधाई दिईरहेका छन् ।
 

प्रमुख समाचार

कर्मचारी

View All