ताजा समाचार

News

माध्यमिक शिक्षा परीक्षा (एसइई) आज देखि सुरु

२०७३ चैत ३ बिहिबार
image not found
चैत ३, सुदूर संञ्चार ।
 
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज देखि सुरु हुँदै छ । परीक्षाको पहिलो दिन बिहीबार ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।  परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरि ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार माध्यमिक शिक्षा परीक्षाको लागि देशभर कुल १ हजार ९ सय २३ केन्द्र निर्धारण गरिएको छ ।
 
 शिक्षा ऐनको आठौं संशोधनमा माध्यामिक तहको परीक्षा राष्ट्रिय परीक्षा वोर्डले क्षेत्रीय स्तरमा गर्ने उल्लेख भएपनि तयारी नपुगेको भन्दै अन्तिमपटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई माध्यामिक शिक्षा परीक्षा एसइई गर्ने जिम्मेवारी दिइएको छ । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र कार्यालय सहायक गरि ६७ हजार ५ सय ९१ कर्मचारी खटाइएको छ ।
 
चिट चोर्ने/चोराउनेलाई यस्तोसम्म सजाय हुन सक्छ ..परीक्षालाई मर्यादित बनाउन परीक्षा नियन्त्रण कार्यालयले झन्डै २९ हजार सुरक्षाकर्मीसहित ६७ हजार भन्दा धेरै कर्मचारी परिचालन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले निम्न खालका क्रियाकलाप गरेमा एक लाख रुपैयाँ जरिवाना, ६ महिना जेल वा दुवै सजाय हुन सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All