ताजा समाचार

News

पुनर्वास गोली काण्डकै दिन हराएको थियो नेपाल प्रहरीको लोडेड हतियार

२०७३ चैत २ बुधबार
image not found
रञ्जित लामा
 चैत्र  २, पुनर्वास।
 
गत बिहीबार पुनर्वासको आनन्दबजार स्थित नेपाली भूमीमा भएको झडपमा गोविन्द गौतमलाई लागेको गोली नेपाल प्रहरीकै हुनसक्ने आशंका गरिएको छ ।
गोली प्रहारबाट पुनर्वास नगरपालिका–८ गोविन्द गौतमको ज्यान गएकै दिन नेपाल प्रहरीको लोडेड पेस्तोल हराएको घटनाले गौतमलाई लागेको गोली नेपाल प्रहरीकै हुनसक्ने आशंका गरिएको हो ।
 
भने पुनर्वासमा गोली चलेको तेस्रो दिन गत शनिबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गरी नेपाल सरकारबाट मृतक गौतमको पोस्टमार्टम रिपोर्ट माग्नुले पनि उक्त गोली काण्डमा नेपाल प्रहरीको हराएकै पेस्तोल र गोली प्रयोग भएको हुन सक्ने आंशका गरिएको छ ।
 
कस्को हराएको थियो हतियार ?
 
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा दरबन्दी भई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) माधव भट्टको पेस्तोल हराएको थियो । असई भट्टसँग ७ राउण्ड गोली (एक म्याग्जीन) सहित टाइप ७७ नामक चाइनीज पेस्तोल हराएको प्रहरी सम्बद्ध श्रोतले जनाएको छ ।
 
आएन नेपाल प्रहरीको आधिकारिक धाराणा
 
झडपमा असई भट्टसँग रहेको पेस्तोल हराएको घटना निकै चर्चामा आए पनि नेपाल प्रहरीले यसबारे कुनै पनि आधिकारी धारणा प्रस्तुत गरेको छैन । पेस्तोल हराएको ६ दिन वितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यसबारे आफ्नो माथिल्लो निकायलाई समेत जानकारी नगराएको खुल्नमा आएको छ ।
 
हेल्लो पुनर्वाससँगको कुराकानीमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक दलराम टमाटाले पेस्तोल हराएको स्वीकार गरेका छन् तर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) प्रकाश चन्दले भने यो प्रकरणबारे खुलेर बताउन चाहेनन् । उनले भने, ‘अहिले यो विषयमा मलाई खासै थाहा छैन, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीलाई सोध्नु पर्छ, तपाईंलाई सोधेर भनौंला ।’
 
सुरक्षा संयन्त्रमा हात हतियार हराउनु निकै सम्बेदनशील र गम्भीर मानिए पनि कञ्चनपुर प्रहरीले भने खासै चासो नदेखाउनुले पुनर्वास गोली काण्डलाई थप आश्चार्य र रहस्यमयी बनाएको छ । पुनर्वास गोली काण्डकै दिन नेपाल प्रहरीको लोडेड पेस्तोल हराउनु र भारतले आफूहरुबाट गोली चलेको घटनालाई बारम्बार अस्वीकार गर्दै भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गरी नेपाल सरकारबाट मृतक गौतमको पोस्टमार्टम रिपोर्ट माग्नुले घटनालाई अर्कै रुप दिन खोजिएको देखिन्छ ।
घटनाको छैठो दिन  ।
 
नेपाल भारत सीमा विवादलाई लिएर बुधबारदेखि तनावग्रस्त कञ्चनपुरको पुुनर्वास नगरपालिका–८ स्थित आनन्द बजार मंगलबारदेखि सामान्य बन्दै गएको छ ।
कञ्चनपुर प्रशासनले लगाउँदै आएको निषेधित क्षेत्र फुुकुुवा गरेपछि तनाबग्रष्त आनन्दबजारको जनजीवन बिस्तारै सामान्य बन्दै गएको हो ।
 
गत बिहीबार भएको सीमा विवादमा भारतीय सुरक्षाकर्मीले स्थानीय गोविन्द गौतमको हत्या गरेपछि कंचनपुर प्रशासनद्वारा निषेधाज्ञा जारी गरिएको थियो । मंगलबारबाट सर्वर्दलीय बैठकपछि निषेधित क्षेत्र फुकुवा गरिए पनि नेपाली र भारतीय प्रशासनले आनन्दबजार नाकाबाट आवतजावतमा रोक लगाइएको कंचनपुरका प्रमुुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए ।
 

प्रमुख समाचार

कर्मचारी

View All