ताजा समाचार

News

आनन्दबजार नजिक दशगजा क्षेत्रलाई स्थानीय प्रशासनले निषेधीत क्षेत्र घोषणा

२०७३ फाल्गुण ३० सोमबार
image not found
फागुन ३० सुदूर संञ्चार । 
 कञ्चनपुरको पुनर्वासको आनन्दबजार नजिक दशगजा क्षेत्रलाई स्थानीय प्रशासनले निषेधीत क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्याल कञ्चनपुरले सूचना जारी गर्दै आनन्दबजार लगायत ५ सय मिटर आसपासको क्षेत्रलाई निषेधीत क्षेत्र घोषणा गरेको हो ।
 
आनन्दबजारस्थित सीमा क्षेत्रमा भएको घटनाले त्यस क्षेत्र तनावग्रस्त देखिएकाले शान्ती, सुरक्षा कायम राख्न सोमबार बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्मका लागि निषेधीत क्षेत्र घोषणा गरिएको सूचनामा उल्लेख छ ।
 
गएको बिहीबार आनन्दबजारस्थित दशगजा क्षेत्रमा कलभर्ट निमार्णको विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गोविन्द गौतमको ज्यान गएको थियो ।
 

प्रमुख समाचार

कर्मचारी

View All