ताजा समाचार

News

एमालेमाथि भएको आक्रमणको हिसाब निर्वाचनबाट असुल्छौं : खनाल

२०७३ फाल्गुण २९ आइतबार
image not found
नारायण शर्मा,
फाल्गुन २९,  नवलपरासी ।
 एमाले नेता झलनाथ खनालले मधेसमा एमाले बलियो भएकै कारण आक्रमण भएको बताएका छन् । उनले आक्रमण गर्नेहरु पराजित मानसिकताबाट आत्तिएको र त्यसको हिसाब किताब निर्वाचनमा विजयी भएर एमालेले देखाउने उनले दाबी गरेका छन् ।
 
नवलपरासीको भुमहीमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै खनालले अब हुने जुनसुकै चुनावमा पनि आफ्नो पार्टीलाई कसैले पनि हराउन नसक्ने दोहोर्‍याए । ‘मधेसी मोर्चाका नाममा अगाडि आएका सुन्डमुन्डहरुलाई जनताले तह लगाउनेछन्,’ उनले भने, ‘सार्वभौमिकता, स्वाभिमान र एकताका लागि एमाले जुनसुकै बलिदान गर्न तयार छ । भारतको हैकम विरुद्ध हामी झुक्दैनौं ।’
 
एमाले मेची महाकालि अभियानका क्रममा नवलपरासीको भुमहीमा आमसभाको आयोजना गरेको हो । एमाले प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डलले राजनीतिक प्रतिष्पर्धामा नसकेपछि मधेसी दलहरु अपराधिक गतिविधिमा उत्रिएको आरोप लगाउँदै भने, ‘सिमानामा भारतीय अपराधिक तत्वहरुको उक्साहटमा एमालेमाथि आक्रमणको कोशिस भएको छ ।  त्यसबाट डराउँदैनौं ।’
 
मेची महाकाली राष्ट्रिय जागरण अभियान लिएर चुनावी अभियानमा निस्किएको एमालेले शनिबार कावासोतीमा आमसभा गरेको यियो ।
 

प्रमुख समाचार

कर्मचारी

View All