ताजा समाचार

News

एसएसबीको गोली लागी निधन भएका गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

२०७३ फाल्गुण २९ आइतबार
image not found
फाल्गुन २९, रेडियो सुदूर संञ्चार  । 
 
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उहाँका ७२ वर्र्षीय पिता खेमलाल गौतमले दागबत्ती दिनुभयो । गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौँ नागरिकले स्वतःस्फूर्त सहभागिता जनाएका थिए ।यसअघि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट उनको शवयात्रा निकालिएको थियो । 
 
सरकारले सहिद घोषणा गरिसकेको गौतमको सम्मानमा नेपाल सरकारका तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद दिवान सिह बिष्टले राष्ट्रिय झण्डा ओढाउदै सम्मान गरेका थिए भने नेपाल प्रहरीले सोक धुनका साथ सलामी दिएको थियो ।उहाँको शवयात्रा धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदा लगिएको थियो ।  उनको शव राखिएको गाडिलाई फूलमालाले सजाइएको थियो र राष्ट्रिय झण्डा राखिएको थियो । गाडीको अघिल्तिर गौतमको फोटो राखिएको थियो । कैलाली कञ्चनपुर लगायत पुरै देश शाकमा डुबेको थियो ।
 
शवयात्रामा कैलाली र कञ्चनपुरका सुरक्षा अधिकारीहरु, सरकारी उच्च कर्मचारीहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायत सयौं नागरिकको सहभागिता थियो । शवयात्रामा सहभागीहरुले बीर शहिद अमर रहुन्, शहिद गोविन्द गौतम जिन्दावाद लगायतका नारा लगाइरहेका थिए । उहाँको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलिका लागि केहिबेर राखिने भनिएपनि समयअभावका कारण सिधै दोदा नदी किनार लगिएको थियो । नेपाल–भारत सीमाभन्दा निकै वर आनन्दबजारमा कल्भर्ट राख्ने विषयमा सुरु भएको विवादले उग्ररुप लिँदा एसएसबीले गत बिहीबार गौतमको गोली हानी हत्या गरेका थिए ।

प्रमुख समाचार

कर्मचारी

View All