ताजा समाचार

News

एनसेल लाभकर प्रकरण :: मन्त्रिपरिषद् निर्णय ‘माइन्युट’ गर्न विवाद

२०७३ फाल्गुण २७ शुक्रबार
image not found
- कृष्ण आचार्य, 
 
 
फाल्गुन २७,काठमाडौं -
 
 उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको ठाडो प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहालले जबरजस्ती एनसेल करबारे गरेको निर्णयको ‘माइन्युट’ कसले गर्ने भन्नेमै विवाद भएको छ ।
 
क्षेत्राधिकार बाहिरको विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि अख्तियार दुरुपयोग गरेको ठानिने भन्दै कर्मचारीबीचमै ‘माइन्युट’ उठाउने विषयमा विवाद भएको हो । स्रोतका अनुसार राजस्व सचिव राजन खनाल कर छुटलाई नै सघाउ पुर्‍याउने प्रकृतिको निर्णय भन्दै प्रस्ताव नउठाउने पक्षमा छन् । प्रस्ताव उठाएर पठाइए पनि हस्ताक्षर नगर्ने अडानमा अर्थ सचिवसमेत रहेको स्रोतको भनाइ छ । 
 
‘राजस्व महाशाखा वा राजस्व सचिवबाट प्रस्ताव आइहाले त्यसमा हस्ताक्षर नगर्ने अर्थसचिव शान्तराज सुवेदी मन्त्रालयमा भनिसकेका छन्,’ बिहीबार साँझ स्रोतले भन्यो, ‘सचिवहरूको अडानका कारण मन्त्रिपरिषद निर्णयको माइन्युट अहिलेसम्म बनेको छैन ।’ मन्त्रिपरिषद् कार्यालयले अर्थमन्त्रीको प्रस्ताव भएकाले अर्थ मन्त्रालयबाटै आउनुपर्ने र त्यसपछि मात्रै निर्णयको ‘माइन्युट’ को प्रक्रिया अघि बढ्ने अडान लिएको छ ।