ताजा समाचार

News

बन्दको अवज्ञा गरेको भन्दै कपिलवस्तुमा मोटरसाइकल तोडफोड

२०७३ फाल्गुण २७ शुक्रबार
image not found
फागुन २७ , कपिलबस्तु । 
 
बन्दको अवज्ञा गरेको भन्दै संघीय गठबन्धनका कार्यकर्ताले कपिलबस्तुमा एउटा मोटरसाइकल तोडफोड गरेका छन् । बन्द गराउँदै हिँडेका गठबन्धनका कार्यकर्ताले कपिलवस्तुको जहदी चोकमा लु ६ प ४१४८ नम्बरको मोटरसाकल तोडफोड गरेका हुन् ।
 
 
कपिलबस्तुमा बन्दकर्ताहरुले पत्रकार, एम्बुलेन्स र कुटनीतिक नियोगका सवारीसाधन समेत चल्न नदिने सदभावाना पार्टीका केन्द्रीय सदस्य रबीदत्त मिश्र बताए ।
 
बिहानैदेखि गठबन्धनका कार्यकर्ताले कपिलबस्तुको विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । कपिलवस्तुको तौलिहवा, महाराजगन्ज, कृष्णनगर, जहदी, धनकौली, बहादुरगन्ज, खरेन्द्रपुर, चन्द्रौटा, जवाभारीलगायतका मुख्य बजार पूर्ण रुपमा बन्द छ ।

प्रमुख समाचार

कर्मचारी

View All