ताजा समाचार

News

स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा नयाँ व्यवस्था

२०७३ फाल्गुण २७ शुक्रबार
image not found
फागुन २७ सुदूर संञ्चार। 
 
रकारले स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा नयाँ व्यवस्था गरेको छ ।  स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा आदेश जारी गरी निर्वाचित जनप्रतिनिधि बहाल नभएसम्म स्थानीय तहमा सेवा प्रवाहका लागि नयाँ व्यवस्था गरेको हो । 
 
मन्त्रिपरिषद्को फागुन ९ गतेको निर्णयअनुसार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको आदेशमा स्थानीय तहको सञ्चालन तथा व्यवस्थापनका लागि गाउँपालिका र नगरपालिकाको सङ्ख्या, सिमाना कायम भएको मितिदेखि लागू हुने त्यस आदेशमा उल्लेख छ ।
 
मन्त्रालयका उपसचिव भरतकुमार शर्माका अनुसार आदेशमा नेपालको कानुनबमोजिम कुनै मन्त्रालय वा निकायको निर्णयबाट जिल्ला विकास समिति (जिविस) लाई प्रत्यायोजन गरिएको काम, कत्र्तव्य र अधिकार समेत चालू आर्थिक वर्षसम्म जिल्ला समन्वय समिति (जिसस) ले गर्ने व्यवस्था गरिएको छ ।  

प्रमुख समाचार

कर्मचारी

View All