ताजा समाचार

News

पोखरा रंगशालाको मुहार फेरिँदै, डिपिआर बनाउन सम्झौता

२०७३ फाल्गुण २६ बिहिबार
फागुन २६ – पोखरा रंगशालाको प्याराफिट निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउनका लागि सम्झौता भएको छ । पश्चिमाञ्चल खेलकुद विकास समितिको आयोजनामा बिहीबार भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, समितिका अध्यक्ष खगराज पौडेल र एनडी इन्जिनियरीङका सञ्चालक इन्जिनियर निरञ्जन डुमे्रले डिपिआरमा हस्ताक्षर गर्नुभएको हो । एनडी इन्जिनियरीङ कन्सल्टेन्सी काठमडौंले रंगशालाको माटो परीक्षण, आर्किटेक्चर, डिजाइन र लागत अनुमानको योजना बनाउने संचालक डुम्रले बताउनुभयो ।
 
कम्पनीले २ महिना भित्र झण्डै २० हजार दर्शक क्षमताको प्याराफिटसहितको पोखरा रंगशालाको डिपिआर तयार गर्ने डुम्रेले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरामा १३ औँ सागको ५ वटा खेल खेलाउने लक्ष्यसहित सरकार अगाडि बढेको बताउनुभयो । उहाँले अहिले पनि सरकारले खेलकुदको पुर्वाधार निर्माणका लागि वार्षिक १ अर्ब ७० करोड बजेट छुट्याए पनि बजेट यतीकै खेर गईरहेको बताउनुभयो । डिपिआर जतिसक्यो छिटो बनाई मन्त्रालयमा पेश गरेर साग फुटबलसम्म प्याराफिट निर्माण गर्ने योजना रहेको पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले स्पष्ट पार्नुभयो । 

प्रमुख समाचार

कर्मचारी

View All