ताजा समाचार

News

सिरियाली सेनाले प्राचीन पल्माइरा शहर नियन्त्रणमा लिने

२०७३ फाल्गुण १९ बिहिबार
image not found
फागुन १९,काठमाडौं ।
 सिरियाली ससरकारले प्राचीन पल्माइरा शहर फेरी नियन्त्रणमा लिने प्रयास थालेको छ ।सरकारी सेनाले आईएस कब्जामा रहेको शहर मुक्त गराउन प्रयास थालेको हो । सिरियाली सेना शहरमा प्रवेश गरिसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 
शहरको पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने प्रयास सेनाले थालेको छ । आईएस लडाकाहरुले यूनेस्कोमा सूचीकृत यस पुरातात्विक शहरमा डिसेम्बरमा कब्जा जमाएका थिए ।
उनीहरुले केही भाग नष्टसमेत गरेका छन् । रुसी वायुसेनाको मद्दतमा सरकारी सुरक्षाबलले एक वर्ष पहिले त्यहाँबाट आईएसलाई लखेटेपनि उनीहरुले फेरि कब्जा जमाएका थिए । 

प्रमुख समाचार

कर्मचारी

View All