News
एनआरएनका संस्थापक भीम उदार म्यानमारको राजदूतका लागि सिफारिस
२०७३ फाल्गुण १० मंगलबार
फागुन १०, रेडियो सुदूर संञ्चार ।
सरकारले गैरआवासीय नेपाली संघ एनआरएनका संस्थापक भीम उदार म्यानमारको राजदूतका लागि सिफारिस गरेको छ ।आजको मन्त्रिपरिषद बैठकले भोजपुरका उदासलाई म्यानमारको राजदूतावासको जिम्मेबारी दिने निर्णय गरेको हो ।
उनी नेपाली कांग्रेसको कोटाबाट राजदूत नियुक्त भएका हुन् ।विश्व खाद्य कार्यक्रमका कन्ट्री म्यानेजर रहेका उदास लगायतको सक्रियतामा सन् २००३ मा गैरआवासीय नेपाली संघको स्थापना भएको थियो । संघको पहिलो कार्यकालमा उनी अन्तर्राष्ट्रिय समन्वयप्रमुखको रुपमा काम गरेका थिए ।सन् २०१२ मा उनलाई जोर्डन सरकारले अवैतनिक महाबाणिज्य दूत नियुक्त गरेको थियो ।