ताजा समाचार

News

मेस्सीका बुवाको चाहना–बार्सिलोनाको प्रशिक्षक फेरिउन्

२०७३ फाल्गुण ७ शनिबार

फागुन ७ – बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीका बुवा जर्ज होरासियो मेस्सी क्लबका प्रशिक्षक लुइस इन्ड्रिकसँग खुशी नरहेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् । इन्ड्रिकको ठाउँमा सेभिल्लाका प्रशिक्षक जर्ज समपाओली बार्सिलोनाको प्रशिक्षक बनुन् भन्ने मेस्सीका बुवाको इच्छा रहेको स्पेनिश पत्रिका एल कन्फिडेन्सिएलले जनाएको छ । इन्ड्रिकको बार्सिलोनासँगको सम्झौता यो सिजनको अन्त्यमा सकिनेछ । तर क्लबले उनीसँग अहिलेसम्म नयाँ सम्झौता गरेको छैन ।

बार्सिलोनाले नयाँ प्रशिक्षक खोजी रहेको खबर पनि आएका छन् । मेस्सीका बुवाले अर्जेन्टिनाका सामपओली बार्सिलोनाको प्रशिक्षक बनुन् भन्ने इच्छा व्यक्त गरेका हुन् । बार्सिलोना च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४–० ले पराजित भएपछि क्वाटरफाइनलमा नपुगी प्रतियोगिताबाट बाहिरिने खतरामा छ । मेस्सीको बार्सिलोनासँगको सम्झौता अर्को वर्ष सकिने छ ।

उनको नयाँ सम्झौता क्लबका नयाँ प्रशिक्षकसँग निर्भर रहने जनाइएको छ । यसले गर्दा मेस्सीका बुवा अर्जेन्टिनाकै सामपओली बार्सिलोनाका प्रशिक्षक बनुन् चाहेको खबरमा उल्लेख छ । 

प्रमुख समाचार

कर्मचारी

View All