ताजा समाचार

News

नवौं राष्ट्रपति रनिङ्गशिल्ड शुरु

२०७३ माघ २७ बिहिबार
image not found
 
प्रत्येक वर्ष सञ्चालन गरिने अन्तरविद्यालय राष्ट्रपति रनिङ्गशिल्डको नवौं संस्करण जिल्लाको पाञ्चजन्य माध्यमिक विद्यालय पदनाहामा बुधबारदेखि शुरु गरिएको छ ।बालबालिकाहरुमा खेलकुदका माध्यमबाट स्वस्थ शरीर निर्माण गरी सिकाइलाई प्रभावकारी बनउन र देशका लागि खेलाडीहरु उत्पादन गर्नका लागि महत्वपूर्ण मानिएको रनिङ्गशिल्डको नवौं संस्करणको पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले उद्घाटन गर्नुभएको हो ।
 
जिल्लाका सामुदायिक तथा संस्थागत गरी कूल ७० ओटा विद्यालयहरुको सहभागीता रहेको रनिङ्गशिल्डमा एथ्लेटिक्सका विभिन्न विद्याहरु, भलिवल, कराते लगायतका खेलहरुमा प्रतिष्पर्धा हुने बताइएको छ ।कार्यक्रममा जिल्लाका विभिन्न सरकारी निकायका प्रमुखहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता फागुन ३ गतेसम्म जारी रहने आयोजकले जनाएको छ । 
 

प्रमुख समाचार

कर्मचारी

View All