ताजा समाचार

News

अदालतमाथि आक्रमणको राष्ट्रसंघद्वारा विरोध

२०७३ माघ २७ बिहिबार
image not found
माघ २७, सिन्हवा, संयुक्त राष्ट्रसंघ  । 
 
 
 
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफगानिस्तानको राजधानी काबुलमा रहेको सर्वोच्च अदालतको अगाडि भएको आतंककारी आक्रमणको निन्दा गरेको छ । अदालतमा भएको बम आक्रमणमा परी कम्तीमा २१ जनाको ज्यान थियो । मंगलबार बिहानै भएको आक्रमणमा परी ४० सख्त घाइते भएका थिए । 
 
संयुक्त राष्ट्रसंघको १५ सदस्यीय उक्त परिषद्ले मंगलबार विज्ञप्ति प्रकाशन गरी हमलाको निन्दा गरेको हो । विज्ञप्तिमा यस्तो मानवीय अपराधमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ । आक्रमण तालिवानले गरेको हो, जसले हमलाको जिम्मेवारी पनि लिएको छ । उक्त हमला अदालतमा भएको तीन वर्षयता तेस्रोपटक हो ।
 
यसअघि तालिवानले अफगानिस्तानको सर्वोच्च अदालतमा हमला गरेका थिए । मंगलबार पनि ती हमलाकारीले सर्वोच्च अदालतको परिसरमा नै उनीलाई लक्ष्य गरेर हमला गरेका थिए । सुरक्षा परिषद्को मंगलबार बसेको बैठकले हमलाप्रति दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र आफन्त तथा परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । 
 
अफगानिस्तानमा हुने यस्ता मानवताविरोधी हमलाका मुख्य दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र कारबाही गर्न पनि परिषद्ले आग्रह गरेको छ । अफगानिस्तानमा पछिल्लो समयमा तालिवानले फेरि यस्ता आतंककारी हमलालाई तीव्रता दिन थालेका छन् ।
 

प्रमुख समाचार

कर्मचारी

View All