ताजा समाचार

News

मेस्सी र रोनाल्डो भन्दा गोलमा नेइमार अघि

२०७३ माघ २४ सोमबार
image not found
माघ २४ – ब्राजिलका नेइमार विश्व फुटबलमा अहिलेका उत्कृष्ट खेलाडी मध्ये एक हुन् । स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने नइमारले आइतबार २५ औं जन्मदिन मनाए । २४ वर्ष पूरा भएर २५ वर्षमा लागेका नेइमारलाई फुटबलका दुई उत्कृष्ट खेलाडी लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोसँग तुलना गर्ने पनि गरिन्छ । 
नेइमारले बार्सिलोनाका साथी खेलाडी मेस्सी र रियल मड्रिडका रोनाल्डोलाई गोलको संख्यामा जितेका छन् ।
 
नेइमारले मेस्सी र रोनाल्डोले २४ वर्ष पूरा हुँदा गरेको भन्दा धेरै गोल गरेका छन् । नेइमारले मेस्सीले २५ वर्ष लाग्दा गरेको भन्दा एक तथा रोनाल्डोले भन्दा एक सय १८ गोल बढी गरेका छन् । नेइमारले अहिलेसम्म सबै क्लब र राष्ट्रिय टिमबाट गरी चार सय ६८ खेलमा दुई सय ८० गोल गरेका छन् । 
 
मेस्सीले २४ वर्ष पुग्दा चार सय पाँच खेलबाट दुई सय ७९ गोल गरेका थिए । रोनाल्डोले २४ वर्ष पुगेर २५ लाग्दा एक सय ६२ गोल मात्रै गरेका थिए । तर नेइमारले गोलमा जितेपछि बालोन डी’ओरमा भने मेस्सी र रोनाल्डो भन्दा पछि परे । मेस्सी र रोनाल्डोले २४ वर्ष पग्दा बालोन डी’ओर जितिसकेका थिए । तर नेइमार भने त्यो अवसरबाट अहिलेसम्म पछि परेका छन् । 

प्रमुख समाचार

कर्मचारी

View All