ताजा समाचार

News

दृष्टिविहीन विश्वकप क्रिकटको दोस्रो खेलमा पनि नेपाल पराजित

२०७३ माघ १९ बुधबार

माघ १९ – दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल बुधबार बंगलादेशसँग ५९ रनले पराजित भएको हो । बंगलादेशले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ४४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सुनील सुवेदी क्षेत्रीले ५१ तथा सुनील थापा मगरले ३२ रन बनाए । पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय ३ रन बनाएको थियो । उसका लागि मोसीन हुसेन जोयले ८८ तथा अब्दुल मलेकले ८३ रन बनाए । 

यसअघि नेपाल अष्ट्रेलियासँग १० विकेटले पराजित भएको थियो । नेपालले बिहीबार दक्षिण अफ्रिकासँग खेल्नेछ ।

प्रमुख समाचार

कर्मचारी

View All