ताजा समाचार

News

वास्तविक रोचक कथा

२०७३ माघ १९ बुधबार
image not found

उनीहरु जुम्ल्याहा हुन् । को दिदी को बहिनी छुट्याउन सकिन्न । अनुहार दुरुस्तै । बानी बेहोरो पनि उस्तै । लवाइ खवाइ पनि उस्तै ।

यी जुम्ल्याहा दिदी बहिनीको परिचय यतिमा मात्र सकिदैन । तपाईंहरुलाई अचम्म लाग्न सक्छ, उनीहरुका प्रेमी पनि एउटै हुन् । दुबै जना एउटै पुरुषसँग प्रेममा डुबेको पनि पाँच वर्ष भइसक्यो । अब उनीहरु तिनै युवासँग चाँडै नै विवाह गर्ने योजनामा छन् ।

यति मात्र कहाँ हो र ? यी जुम्ल्याहा दिदी बहिनी आफ्नो हुनेवाला श्रीमानसँग एउटै बेडमा यौन सम्पर्क गर्न रुचाउँछन् । यी जुम्ल्याहा आफ्ना प्रेमीसँग एउटै बेडमा एउटै समयमा यौन सम्पर्क राख्छन् । उनीहरु आफूहरुलाई एकसाथ सेक्सको मुड आउने पनि बताउँछन् ।

दुवैलाई अहिल्यै बच्चाको कुनै चाहना छैन । दुवैले एकैसाथ गर्भवती हुने सोच बनाएका छन् । अन्ना भन्छिन्, ‘यदि म गर्भवती भएँ भने लुसी पनि हुनेछिने । हाम्रो शरीरले सँधै एउटै कुराको माग गर्छ । तर हामीले चाँडै गर्भवती हुने योजना बनाएका छैनौं ।’
वास्तवमा उनीहरुको प्रेम त्रिकोणीय हो । यद्यपि, यसैमा उनीहरु रमाइरहेका छन् । मायामा अहिलेसम्म कसैले एक अर्काको चित्त नदुखाएको उनीहरुको दावी छ ।

अष्ट्रेलियाको पर्थका ३० वर्षीया अन्ना र लुसीन डेकिन्कको वास्तविक कथा हो यो । उनीहरु हर रात हर दिन सँगै हुन्छन् । उनीहरुले फेसबुकमार्फत बेन बायर्नलाई साथी बनाए । अचम्मको कुरा, दुवैजना एकैसाथ बेनको प्रेममा डुबे । बेनले पनि दुवैलाई प्रेमिकाका रुपमा स्वीकारे ।

प्रमुख समाचार

कर्मचारी

View All