News
आत्मघाती गोलले पुग्यो अघिल्लो चरण
२०७३ माघ १५ शनिबार

माघ १५ – लेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको चौथो चरणको रिप्ले खेलमा डर्बी काउन्टीसँग २–२ को बराबरी भएपनि लेस्टर सिटी अघिल्लो चरण प्रवेश गरेको हो । गएको हप्ता भएको चौथो चरणको खेलमा बराबरी भएपछि भएको रिप्लेमा पनि बराबरी नै भएको हो । तर उपहारमा आत्मघाती गोल पाएको लेस्टर सिटी अघिल्लो चरण पुग्न सफल भयो ।
लेस्टरका लागि वेस मोर्गनले गोल गरे भने डर्बीका डरेन बेन्टले आत्मघाती गोल गरे । लेस्टरलाई अघिल्लो चरण पुर्याउनुमा ८ औं मिनेटमा बेन्टले गरेको आत्मघाती गोल निर्णायक बन्यो ।
बेन्टले २१ औं मिनेटमा डर्बीका लागि बराबरी गोल फर्काए । ४० औं मिनेटमा क्रागी ब्रायसनले गोल गर्दै २–१ को अग्रता दिलाए । तर चार मिनेट बाँकी हुँदा मोर्गनले गोल गरेपछि लेस्टरले बराबरी गर्यो र अघिल्लो चरण प्रवेश गर्न सफल भयो ।