ताजा समाचार

News

रियल सोसिडाडलाई हराउँदै बार्सिलोना ‘कोपा डेल रे’ को सेमिफाइनलमा

२०७३ माघ १४ शुक्रबार
image not found

माघ १४ –स्पेनिस क्लब बार्सिलोना ‘कोपा डेल रे’ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ५–२ गोलको भारी अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।पहिलो हाफसम्म १ गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको थियो । पहिलो हाफको १७ औं मिनेटमा डेनिस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । डेनिस स्वारेजले नै ८२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।५५ औं मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीमार्फत मेस्सीले गोल गरे । त्यस्तै बार्सिलोनाका लागि लुइस स्वारेज र तुरानले पनि एक एक गोल गरेका थिए । रियल सोसिडाडका लागि युनमी र डा सिल्भाले एक एक गोल गरेका थिए ।

प्रमुख समाचार

कर्मचारी

View All