ताजा समाचार

News

२८ वर्ष लागिन् मलिना

२०७३ माघ १४ शुक्रबार
image not found

माघ १४ – अभिनेत्री मलिना जोशी शुक्रबार २८ औँ जन्मदिन मनाउँदै छिन् । १९८९ जनवरी २७ मा धरानमा जन्मेकी मलिना सन् २०११ की मिस नेपाल हुन् । मिस नेपालको ताज पहिरिएको केही वर्षपछि उनले सिनेमामा ब्रेक लिएकी हुन् । उनको पहिलो सिनेमा ऋतु (२०१४) हो । ऋतु पछि उनले ‘द वीनर’ र ‘झुम्की’मा काम गरिसकेकी छिन् । 

मिस वर्ल्डमा पनि सहभागीता

मलिनाले मिस नेपाल २०११ को उपाधि जितेकी हुन् । मिस नेपालभन्दा पहिले २०१० माउनले मिस एन्जलमा पनि सहभागीता जनाएकी थिइन् । तर त्यसमा उनी उत्कृष्ट पाँचमा मात्रै परिन्, उपाधि भने जित्न सकिनन् । मिस नेपाल जितेपछि उनले मिस वल्र्डमा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् । उनी त्यसमा उत्कृष्ट १५ मा पर्न सफल भइन् ।  त्यस्तै उनले २०१३ मामिस एसिया प्यासिफिक वल्र्डमा पनि सहभागिता जनाइन् जसमा पनि उत्कृष्ट १५ मै परिन् ।

अनुपसँग जोडियो नाम

सिने क्षेत्रमा आएपछि मलिना जोशीको नाम अभिनेता अनुप विक्रम शाहीसँग जोडियो । अनुप र मलिना एकताका एक अर्काको प्रेममा खुलरै रमाए । तर २०७२ मा मेलिना अमेरिका गएपछि यी दुईको सम्बन्धमा दरार आएको थियो । मेलिना अमेरिकाबाट आएपछि पनि यी दुईको सम्बन्धमा सुधार आएन ।

केही समयअघि मात्रै मेलिनाले मिडियाले ब्रेकअपको बारेमा सोधेको प्रश्नको जवाफ दिँदै मैले कहिले नै प्रेम परेको कुरा गरेको थिएँ र ब्रेकअपका बारेमा कुरा गर्नु भनेकी थिइन् । तर अनुपले भने मिडियासँगको कुराकानीमा ब्रेकअपका बारेमा बोल्दै कृपया बारम्बार घाउ नकोट्याउनुहोस् भनेका थिए । जे होस् ब्रेकअप पछि पनि उनीहरुको मित्रता भने कायमै छ । अनुप र मलिना ब्रेकअप पछि पनि दयाराम दाहालको निर्देशनमा बन्न लागेको सिनेमामा एकसाथ काम गर्दैछन् । 

प्रमुख समाचार

कर्मचारी

View All