ताजा समाचार

News

छात्रालाई शौचालय जान नदिने स्कुलले साढे १२ लाख डलर तिर्नुपर्ने

२०७३ माघ १४ शुक्रबार

माघ १४ – अमेरिकामा छात्रालाई शौचालय जान नदिने एक विद्यालयले साढे १२ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । सन् २०१२ मा क्यालिफोर्नियाको पेट्रिक हेनरी हाई स्कुलकी शिक्षिका गोन्जा वोल्फले शौचालय जान नदिएपछि एक छात्राले बाल्टिनमा पिसाव फेरेकी थिइन् । 

बाल्टिनमा पिसाव फेरेपछि आफूलाई आत्महत्याको सोच समेत आएको भन्दै ती छात्राले मुद्दा दायर गरेकी थिइन् । त्यसमाथि सुनुवाई गर्दै क्यालिफोर्नियाको उच्च अदालतले विद्यालयले ति छात्रालाई साढे १२ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको हो । 

शिक्षिका वोल्फले भने कक्षा चलिरहेका बेला शौचालय जान नपाइने नियमका कारण छात्रालाई बाल्टिनमा पिसाव फेर्न लगाएको बताएकी छिन् । 

प्रमुख समाचार

कर्मचारी

View All