ताजा समाचार

News

राष्ट्रघातीहरुलाई जनताले छोड्नु हुदैन

२०७३ माघ ११ मंगलबार
हावा नचली पात पक्कै हलिदैन, पछिल्लो पटक भारतको पटनास्थित गान्धी मैदानमा भारतीय अधिकारी, मधेसी मोर्चा, सीके राउत र तराईका सशस्त्र समुहका प्रतिनिधिको भेलाका थप योजनाहरु चुहिएका छन् भन्ने समचारहरको बाढिले सञ्जालहरु रङ्गीएका छन र जनतामा अाक्रोस,अारोप, प्रत्यारोप तिब्र अालोचना भईरहदा पनि संबन्धित सरोकारवाला निकाय कानमा तेल हालेर बसिरहदा यो सत्य हो भन्ने तरङ्ग जनतामा परेको छ ।
 
अहिले चलिरहेको हल्ला र राष्ट्रघाती सिके राउतको बेला बेला अाउने वक्तब्यले सजिलै बुझ्न सकिन्छ नेपालबाट तराई अलग्याउन अहिलेको सत्ता गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधि समेत अनुकुल रहेको कुरा पनि जनतामाझ पुगेको छ र स्वभाविक जनतामा यस किसिमको नकरात्मक सन्देस पुगिरहदा पनि निरिह गृह मन्त्री र प्रधानमन्त्री भने मोैन बसेका छन यदि यसमा उनिहरुको संलग्न नहुदो हो त जनतामा यस किसिमको नकरात्मक सन्देश पुगिरहदा केहि वक्तब्य पक्कै पनि अाउने थियो होला अाखिर यो के का लागि भईरहेको छ तिन करोड जनतामाथी किन घात गर्न खोजिदै छ ?
 
हिडेको बाटो विर्सनु हुन्न बाटो धेरै छन पछाडी फर्केर पनि अाउनु पर्छ धेरैले लेण्डुपदोर्जे प्रचण्ड बाबुराम भन्दै अाएका छन तर त्यस्तो कुनै पनि हर्कत गर्नु हुदैन यस्तो लाचारीपनले कर्तुत कदमले ब्यक्तिगत फाईदा होला तर राष्टियता माथी दाग लाग्यो भने यसको जवाफदेही अहिलेका कार्यकारी र प्रमुख दलहरु हुनु पर्नेछ कसैलाई छुट हुने छैन राष्ट्रको हित र राष्ट्रिय स्वार्थको निमित जे गर्नु पनि जनता तयार छन यो जनताको चुनोैतीपुर्ण अाक्रोस हो नेपाली जनताले चाहे भने जस्तो सुकै कदम चाल्न पछि पर्दैनन् संबन्धित निकायलाई हेक्का रहोस ।
 
 
यस्तो प्रत्यक्ष रुपमा देश टुक्र्याउने कुरा गर्दा पनि कठै मेरो देशका मान्यहरु, प्रधानमन्त्री मन्त्री राष्ट्रपती,सभामुख र अन्य सरोकारवाला देशप्रेमी,राष्ट्रप्रेमीहरु किन मोैन बसिरहनु भएको छ यदि यस्तो कुराअरु कुनै पनि देश भारत चिन अमेरिका उत्तरकोरीया यस्ता राष्ट्रको विपक्षमा कुनै पनि राष्ट्रियता माथी खलबल हुने कुरा उठ्थ्यो मात्र भने त्यसलाई फासिमा झुड्याईन्थ्यो वा जिउदै कुकुरलाई खान दिईन्थ्यो यस्तो नियम विश्वको कुनै पनि देशमा छैन जहाँ हाक्का हाक्की देश टुक्र्याउने कुरा गर्दा पनि छात्ती खोलेर अझ ठुला ठुला स्वरमा छुट्टै मधेस राज्य स्वतन्त्र मधेस भनेर भुकिरहदा पनि सरोकारवाला निकाय मोैन रहदा जनताले के बुझ्ने?अाफ्नो देशको,राष्ट्रको स्वाभीमान माथी अाच अाउने कुरा गरिरहदा पनि चुपचाप बस्दा कति घिन लागेर अाउछ यो कस्तो सिस्टम हो मन लागे रात रात महाअभियोगको प्रस्ताब ल्याउन सक्ने राष्ट्रघातीहरु किन चुप छन सिके राउत लाई कानुनको कठघरमा ल्याएर कारबाही गर्नु पर्छकी पर्दैन?
 
महाराजधिराज ज्ञानेन्द्रले देश टुक्याउनु हुन्न सबेै हिमाल तराई पहाड मिलाएर अगाडी बढ्नुपर्छ भन्दा जेल हाल्न कुरा उठाउने बफादार कुत्ताहरु कुन दुलोमा छिरेका छन देश एक ढिक्का बनाउन खोजेको हो कि टुक्रा टुक्रा बनाउन खोजेको हो? राष्टियताको गित गाउदै राष्ट्रको अहितमा काम गर्दै नेपालअामा माथी बलत्कार गर्नै पाखण्डीहरुको अाखिर माग के हो? यसको सहि छानविन हुनुपर्छ की पर्दैन?राष्ट्रको स्वाभिमान बेच्ने,अागो बाल्न खोज्ने दलालहरु लाई किन छुट दिईरहेको छ कहिले सम्म छुट दिने हो? सरकार …
 
यहि राष्ट्र र राष्ट्रियतनको लागी पटक पटक हाम्रो अग्रजहरुले लडेका लडाईहरुको मुल्य किन चुकाउन खोजिरहेको छ किन राष्ट्र र राष्ट्रियता माथी घात गर्न गईरहेको छ नेपालको भुमीमा बसेर भारतको गाना गाईरहने राष्ट्रघातीलाई देश निकाला गर्नु पर्छ कि पर्दैन यस्तो निरिह सरकार कमजोर नियम यो जनतामुखि छैन वेकार छ धिकार छ यि राष्ट्रघातीहरु लाइ सजाय दिन जनता फेरी जाग्नु पर्ने भएको छ । जनताको त्याग र बलिदानले बचेको यो राज्य पुर्खाले अर्जेको यो राष्ट्रमाथी हिजोका चिचिण्डाहरुले टुक्रयाउने कुरा गरिरहदा कति लजास्पद लागिरहेको छ टुक्रयाउन तिनको बाउको विर्ता हो नेपाल यसको जवाफ जनतालाई दिनु पर्छ ।
 
यसमा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई अभियानको अभिन्न अंगकै रुपमा रहेको भेला भन्ने निश्कर्ष छ बाबुराम लाई नचिन्ने पक्कै पनि कोहि छैन कतिको राष्ट्रभक्ति छ भन्ने कुरा उसको नेतृत्व शैली भुकाई र चुकाई बाट बुझिसकेका छन के छ नयाँ शक्ति रे! दसोैँ वर्ष जनयुद्द गरेको र बाबुरामहरु कै डिजाईनमा एउटै उदेश्य सत्ताको लागी लडेको माअोवादि यो भन्दा नयाँ शक्ति के हुन सक्छ कथित जनयुद्द यो भन्दा नयाँ के हुन सक्छ ? समाजवाद अार्थिक विकास भन्ने यो छुट्टै पाटा हुन अार्थिक विकासको लागी क्रान्ती गर्नु पर्दैन सहि नेतृत्व भए समृद्दि हुनसक्छ तर ईच्छाशक्ति सबैभन्दा ठुलो प्राप्ती हो जब ईच्छानै छैन देश प्रतिको माया छैन भने त्यसले केहि संम्भावना देख्दैन र समृद्द अार्थिक विकास हुन बाबुरामको पच्चिस वर्ष कुरिरहनु पर्दैन ।
 
यस्तै क्रान्ती भन्दै देशमा होहल्ला मच्चाउने बाबुराम जस्ता कुख्यात डिजाईन बनाउनेलाई कनरबाही गरे जेल कोचे पक्कै पनि समृद्दि अाउछ । बाबुरामको अार्थिक क्रान्ती नेपालको हितमा हैन ईण्डियाको हितको लागी क्रान्ती हो जरुरी छैन बाबुरामको अार्थिक क्रान्ती यिनिहरु समृद्द नेपालको बाधक हुन जब सम्म यस्ता बाधकहरुलाई पन्छाउने काम हुदैन तब सम्म देशले मुहार फेर्दैन् ।
 
अहिले नेपालको राजनीतिमा बलियो पकड रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई मधेस विरोधी शक्तिको रुपमा जति सक्यो धेरै प्रचार गर्नु पर्ने र त्यसका लागि कांग्रेस र माओवादीका पहाडे मुलका नेता र नयाँ शक्तिका अध्यक्ष भट्टराईले ठूलो भूमिका खेल्न सक्ने निश्कर्ष निकालेको थियो । संविधान संशोधन गर्ने भारत र मधेसी मोर्चाको एजेण्डाको विरोध गर्नेलाई मधेसी जनताको विरोधीका रुपमा प्रचार गर्ने उनीहरुको रणनीति भएर नै चम्किरहेका हुन बलेको अागोमा पेट्रोल हाल्ने काम बाबुरामले गर्दै अाएको छ जनतामा समक्ष विरालो भएर छिर्ने र बाघ बनेर निष्कने षडयन्त्र बाबुराले रचेको हो अब पालो ज्ञानेन्द्रलाई होईन बाबुरामलाई जेल हाल्नु पर्छ यदि नियम कानुन को कुरा गर्ने हो भने सत्र हजारको जनतनको रगतमा पोैडी खेलेर पनि रहर नपुगेको बाबुरामको क्रान्ती कस्तो होला दुनियालाई उचाल्दै हिड्ने बलेको अागोमा तेल थप्दै हिड्ने बाबुराम राष्ट्रघाती भन्न मिल्छ कि मिल्दैन? किनकी सुनोैलो भविष्यको सपना देखाएर जनतालाई उचाल्दै अागोको ज्वालामा हालेर अागो ताप्दै मोैसम परिवर्तन भए पछि अाफै बसाई सराई गर्ने र जनतालाई भ्रम फैलाउने मलाई गर्न दिएनन् यस्तो उस्तो भन्ने यस्तो त्यो रुन्चे ब्यबहारले देखिदैन नेपाल प्रति बाबुरामको झुकाव केहि छैन जे छ भारतको लागी मरिमेटेका छन भन्दा फरक पर्दैन ।
 
संविधान संशोधनका लागि संसदको गणित नपुग्ने अवस्थामा तराईमा सीके राउतको गतिविधि बढाउने र सँगसँगै बिहारमा तालिम दिएर राखिएका सशस्त्र समुहले ब्याकअपका रुपमा काम गर्ने भेलाले समझदारी गरेको थियो भन्ने पनि खबरहरु अाएको थियो ।
 
जे जस्तो भए पनि राष्ट्रहितको लागि प्रधानमन्त्री गृहमन्त्री ले डटेर लाग्नु पर्ने जसले त्यस्ता हल्ला फैलाएका छन तिनिहरुलाई कडा भन्दा कडा कारबाही गर्नुको साटो सभासमारोह उत्घाटन, विदेशभ्रमण को यात्रामा ब्यस्त भईरहदा केहि संकाहरु उब्जने गरेको छ र नेपालको सुरक्षा साह्रै कमजोर स्थितीमा पुगिसकेको छ तस्करहरुको विगविगी दलालहरु.अत्याचार चरम हिंसा भईरहदा पनि अाखिर के मा सरकार ब्यस्थ भईरहेको छ गृहमन्त्री किन ब्युझिन सकेको छैनन यो अत्यन्तै गंभिर विषय र जनताको चासो पनि हो।
 
राजनितिक हस्तक्षेपकै कारण निष्ठावान ईमान्दार कर्मचारीले अाफ्नो सिप प्रदर्शन गर्न पाएका छैनन यस्तो जालो भित्र फसेको छ नेपालको सुरक्षा क्षेत्र जब सम्म सुरक्षामा कडा निग्रानी गरिदैन यस्ता विकृतीहरुले स्थान पाउछन र चरम लापरबाहिले गर्दा जनधनको ठुलो क्षति बेहोर्नु पर्ने हुन्छ सबैको ध्यान जानु जरुरी छ चुस्त सेवा प्रदान गर्नु निष्ठावान कर्मचारीको दावित्व हो सबैले निर्वाह गर्नु पर्छ ।
 
निष्ठावान कर्मचनरी हुदा जनताले नामाकरण गरेका नारा जनार्दन शर्मा, विधुत सबैक‍ो घरघरमा ,कुलमान देशको सान यस्तै हरेक क्षेत्रमा सुधार गर्दै लग्यो भने कुनै क्रान्तीको जरुर पर्दैन मात्र सबल नेतृत्वको अभाब हो ।
 
यस्तो समयमा एउटा देशद्रोही लाई कारबाही गर्न जनताको साथ चाहिने भन्दै प्रचण्ड सरकारले गर्न खोजेको के हो दक्षिण लम्पसारवाद नहटे सम्म न कुनै कानुन को पालना हुन्छ न जनताले सु शासनको महशुस गर्न पाउछन यस्तै दलालहरुले गर्दा तिन करोड जनताको जनजिवन अस्तब्यस्त भएको छ केहि राष्ट्रघातीले गरेका राष्ट्रघातको कारण चरम दुख पाएका छन यसको जिम्मेवार प्रमुख राजनितिक दल अन्य दल र कार्यकारी प्रमुख बाहेक अरु कोहि दोषी हुदैन यस्ता राष्ट्रघातीहरुलाई जनताले छाड्नु पनि हुदैन र छाड्दैनन् पनि अाशा गरोैँ कुख्यात भारतिय दलाल हरुको भण्डारफोर गरोैँ र अाफ्नो स्वाभीमान बचाअोैँ यो हामी सबैको दायित्व हो  ।