ताजा समाचार

News

अफ्रिका कप अफ नेशनस : अल्जेरिया बाहिरियो, ट्युनिसिया अन्तिम ८ मा

२०७३ माघ ११ मंगलबार
image not found

माघ ११ – ट्युनिसिया अफ्रिका कप अफ नेशनसको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा जिम्बाबेलाई ४–३ ले हराउँदै समूह ‘बी’ को विजेता बन्दै अन्तिम ८ मा पुगेको हो । ट्युनिसियाको जितमा स्लिटी, एसाक्की, खेनिस्सी र खजरीले गोल गरे । यस्तै जिम्बाबेका लागि मुसोना र एनडोरोले गोल गरे । राति नै भएको खेलमा सेनेगलसँग २–२ को बराबरीमा रोकिएको अल्जेरिया जित बिना नै समूह चरणबाटै बाहिरिएको छ । सेनेगलका लागि डिओप र सोवले गोल गरे । यस्तै अल्जेरियाका लागि दुवै  गोल स्लिमानीले गरे । सेनेगल समूह ‘बी’ विजेताको रुपमा अन्तिम ८ मा पुगेको छ । अल्जेरियाले भने समूह चरणका तीन खेलमा एउटा पनि जित निकाल्न सकेन । दुई खेलमा बराबरी खेलेको अल्जेरिया एक खेलमा भने पराजित भयो । 

प्रमुख समाचार

कर्मचारी

View All