ताजा समाचार

News

सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि संकटा र मनाङ भिड्ने

२०७३ माघ १ शनिबार
image not found
माघ १, धनगढी । 
 
प्रथम सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधिका लागि काठमडाौंका दुई क्लवहरु मनाङ मर्स्याङ्दी र संकटाबीच प्रतिस्पर्धा हुनेछ भएको छ । शुक्रबार  भएको दोस्रो सेमिफाइनलमा आयोजक सुदूरपश्चिम-११ लाई एक शून्यले पराजित गर्दै संकटाले उपाधिका लागि मनाङसँगको भेट पक्का गरेको हो । भारतीय टोली दिल्ली युनाइटेडलाई हराउँदै मनाङ हिजो फाइनलमा पुगेको थियो । फाइनल शनिबार हुनेछ ।
 
कैलालीको धनगढी क्षेत्रीय रंगशालामा खेलको १६ औं मिनेटमा डि बक्स नजिकै फाएको पि|m किकको सदुपयोग गर्दै अनिल तामाङले गरेको गरेको गोल संकटाको जितमा निणर्ायक बन्यो ।पूरै खेल आफ्नो नियन्त्रणमा राखेर पनि घरेलु टोलीले गोल गर्न नसक्दा नतिजा सुम्पन बाध्य भयो ।
 
खेलको म्यान अफ द म्याच चुनिएका संकटाका गोल रक्षक टिकेन्द्र थापाले सुदूरपश्चिम-११ का थुप्रै प्रहार बिफल बनाएका थिए । जितपछि संकटाका प्रशिक्षक सल्यान थापाले खेलमा केहि खेलाडी घाइते भएका कारण दवावमा खेल्नु परेको स्विकार गर्दै फाइनल जित्नका लागि आफूहरु तयार रहेको प्रतिकृया दिए ।
 

प्रमुख समाचार

कर्मचारी

View All