ताजा समाचार

News

बाथरुमबाट निस्केर पाँच जनाको ज्यान लिए

२०७३ पौष २३ शनिबार
image not found
पुस २३ – अमेरिकाको फ्लोरिडाको विमानस्थलमा अन्धाधुन्ध गोली चलाउने व्यक्तिसँग फ्लोरिडा प्रहरीले सोधपुछ गरिरहेको छ । फ्लोरिडाको फोर्ट लाउडरडेल विमानस्थलको टर्मिनल टूमा अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको ज्यान गएको थियो भने ८ जना घाइते भएका छन् । २६ वर्षका स्टेबान सान्टियागो नाम गरेका व्यक्तिले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनी सन् २००७ मा राष्ट्रिय सुरक्षा गार्डमा भर्ति भएको र २०१० मा १० महिनाका लागि इराक गएको उल्लेख गरिएको छ ।
 
आक्रमणको उद्देश्य आतंककारी भने नरहेको सरकारी अधिकारीले बताएका छन् । सान्टियागो मानसिक रुपमा विचलित रहेको हुन सक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनले सरकारले आफ्नो दिमागमा नियन्त्रण कायम गरेको र आफूलाई आतंककारी भिडियो हेर्न बाध्य बनाएको बताएको उल्लेख गरिएको छ ।
 
सान्टियागोले स्टार वार्सको टि–सर्ट लगाएको र गोली चलाउने बेला उनी केही नबोलेको प्रत्यक्षदर्शीले बताएका छन् । गोली सकिएपछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेको प्रत्यक्षदर्शीको भनाई छ । अमेरिकामा खाली तथा लोड भएको बन्दुक लिएर विमान चढ्नु गैरकानुनी होइन । सान्टियागोले आफ्नो झोलामा रहेको सेमी–अटोमेटिक बन्दुक बाथरुममा गएर लोड गरेर त्यहाँबाट फर्किएपछि अन्धाधुन्ध गोली चलाएका हुन् । 

प्रमुख समाचार

कर्मचारी

View All