ताजा समाचार

News

रातो नम्बरबाट फोन आयो भनेर अफवाह फैलाउने गायिका पक्राउ, सोधपुछ पछि रिहा

२०७३ पौष २१ बिहिबार
image not found
काठमाडौं –
 गायिका प्रशन्ना पाण्डे एनसेलबाट आउने रातो नम्बरको फोनको अफवाह फैलाएको आरोपमा पक्राउ परेकी छन् । एनसेलको नम्बरबाट आउने रातो नम्बरको इन्कमीङ कल उठाए ज्याननै जाने अफवाह केही दिन यता सामाजिक सञ्जालमा निकै फैलिरहेको छ ।गाँजलु आँखा देखेर भुतुक्कै बोलको गीत गाएकी उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
 
केन्द्रिय अनुशन्धान ब्युरोमा पत्रकार सम्मेलन गर्दै प्रश्ना पाण्डे संगै अर्का एक व्यक्ति दिपक बराइलीलाई पनि नियन्त्रणमा लिई अनुशन्धान थालेको बताएको छ। पक्राउ परेकी पाण्डे मोडल र बराइली गायक भएको बताइएको छ । सिआइबिले दुरसंचार प्राधिकरण संग सहकार्य गर्दै थप  अनुशन्धान गरिरहेको पनि बताएको छ ।
 
एन्ड्रोइड एप्स मा भएको एस्तो एप्सको दुरुपयोग गर्दै अफवाह फैलाएको प्रहरीको निष्कर्ष छ । कसले कहाबाट रातो नम्बर भन्दै समाजमा त्रास फैलाएको हो यसबारे अनुसन्धान जारी रहेको सिआइबि प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले जानकारी दिए ।
 
रातो नम्बरको अफवाह व्यापक भाइरल भएर आतंक श्रृजना भएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा फोटोसपबाट रातो नम्बरबाट फोन आएको बनाएर सामाजिक सञ्जालमा भाइरल बनाइएको थाहा हुन गएको थियो ।उनीहरुलाई सोधपुछ पछि रिहा गरिएको छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All