ताजा समाचार

News

भ्रष्टाचार अघि, राजनीति पछि

२०७३ पौष १५ शुक्रबार
image not found
दल र तिनका भ्रातृ संगठनको सभा–सम्मेलन, निर्वाचनमा लाखौं रुपैयाँ खर्च हुन्छ । ध्वजापताकाको बिगबिगी हुन्छ । अपत्यारिलो शैलीमा भोजभतेर चल्छ तर आयस्रोत के हो ? कहिल्यै खुल्दैन । यो अहिले मात्र सुरु भएको कथा होइन । ‘घुस दिने र लिने दुवै मुलुकका शत्रु हुन्’ भन्ने पृथ्वीनारायण शाहको भनाइबाट स्पष्ट हुन्छ, भ्रष्टाचार पुरानै उपज हो, पात्र, प्रवृत्ति र शैलीमा उतारचढाव र फेरबदल भएका हुन् तर सार जीवितै रहेको छ । निजी फाइदाका लागि सार्वजनिक पदको दुरुपयोग गर्नु भ्रष्टाचार हो । यो विश्व बैंकको परिभाषा हो । यो रोग यत्रतत्र सर्वत्र छ । साना, ठूला, धनी गरिब, विकसित, अल्पविकसित सबै मुलुक यसका साझेदार हुन्, मात्र फरक हो– ढिकुटी पूरै रित्याउने कि थोरबहुत भ्याउने भन्ने । शून्य भ्रष्टाचार सहनशीलको कथा पढ्न पाइएको छैन ।
 
हाम्रो सन्दर्भमा हिसाबकिताब गर्दा भ्रष्टाचार हाम्रो अनन्य मित्र बन्न पुगेको छ । यसले नातासम्बन्ध नगाँसेकोे कुनै सार्वजनिक क्षेत्र छैन । विशेषतः राजनीतिक दल, नेतृत्व मुलुक सञ्चालनको हर्ताकर्ता हुने हुँदा आर्थिक भ्रष्टाचारको पहिलो सम्बन्ध नाता उहीसँग जोडिएको पाइन्छ । राजनीति राज्यको मूलनीति वा मियो भएको र राजनीतिक दल एवम् नेतृत्वको सिधा सम्पर्क जनतासँग हुने हुँदा यदाकदा खाएभन्दा बढी होहल्लाको विषय पनि बन्दै आएको छ । यसको अर्थ बाँकी क्षेत्रचाहिँ विशुद्ध हुन्, चोखा वा दूधले नुहाएका छन् भन्ने होइन । भ्रष्टाचारको ठूलो हिस्सा दलीय घेराबाहिर पनि बसेको छ । सिधासिधी सम्बन्ध, आस्था र विश्वास भएको अवस्थामा उनीहरूप्रतिको नागरिक हेराइ सकारात्मक छैन, कड्के खालको छ । ‘किन चाउरिस् मरिच, आफ्नै रागले †’ दलहरू क्रमशः आफ्नै कुबुद्धिले दुब्लाउँदै गइरहेका छन्, खिइरहेका छन् ।
 
राणाकालमा पनि भ्रष्टाचारको राइँदाइँ नै थियो, गर्लम्म छोपेको थियो तर त्यो छोपाइ उपल्लो तह र त्यसको आसपासमा घुम्दथ्यो । ऐसआराम÷सुरासुन्दरीमा
 
हराउने, विदेशलाई सम्पत्ति थुपार्ने, थलो बनाउने एवम् विदेशबाट महँगा सरसामान आयात गरी कमिशन भ्याउने तत्कालीन भ्रष्टाचारका मनोवृत्ति हुन् । यसबाट स्पष्ट हुन्छ– हिजोका दिनमा भ्रष्टाचार माथिमाथि मात्रै डुल्दथ्यो, तल ओर्लंदैनथ्यो अर्थात् स्रोतसाधनको, सम्पत्तिको अरनखटन पनि माथिबाटै हुनाले तल चुहिन पाउँदैनथ्यो । तल्लो तहमा भ्रष्टाचार नओर्लनुमा ईश्वरबाट दण्डित होइन्छ, यो अधर्मी र अनैतिक कार्य हो भन्ने धारणा तथा अनुकूलताको अवस्था नजन्मनु जस्ता कारण पाइन्छ । तल्लो तहमा भ्रष्टचार गर्न रहर गर्नेलाई अवसर प्राप्त नहुनु र गरे पनि पार लाग्न सम्भव थिएन । अतः भ्रष्टाचार माथितिर ओहोरदोहोर गरिरहन्थ्यो । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको हाकिम कुनै न कुनै रूपमा शासक नै थिए । अधिकार उनीहरूकै वरिपरि थियो, मौखिक आदेशले तमाम काम फत्तै हुन्थ्यो ।
 
देशमा प्रजातन्त्र छिरेपछि २००७ सालदेखि ०१७ सालसम्म राजनीतिक अस्थिरता पनि सँगसँगै आयो । यस उर्वरतामा भ्रष्टाचारले मजासँग ज्यान हाल्ने अवसर प्राप्त ग¥यो । ०१७ सालमा भ्रष्टाचार निवारण ऐन ल्याइए पनि त्यसले अपवादबाहेक सत्ताका नायकहरूलाई छुने कुरै भएन । जनमतसंग्रहताका तत्कालीन व्यवस्थाको आयु थप दीर्घायु बनाउन भ्रष्टाचारको सहायता लिइएको थियो भनी इतिहासका पानामा अझै पनि पढ्न पाइन्छ । बहुदलीय व्यवस्था र गणतन्त्रकालमा पनि भ्रष्टाचारले दुब्लाउने जाँगर चलाएन । झन् मलको मुलाझैं हलक्क बढेर आएको छ । हिजोका दिनमा भ्रष्टाचार अपारदर्शी थियो भने अहिले पारदर्शी बन्न पुगेको छ, छनचाहिँ छ ।
 
सिधा तर्कले भन्छ– दलमा संलग्न नेताहरू यही समाजका उपज हुन् । समाज जताजता ढल्कन्छ, उनीहरूले पनि जिउ उतै मर्काउनुपर्छ, समाजको ढर्राअनुसार चल्नै पर्छ । नेताले चाहन्छ, कार्यकर्ता वा अरू मेरो वरिपरि रहून्, मैले जे–जे भन्छु त्यहीअनुसार गरुन् † उता व्यक्ति÷आसेपासेले चाहन्छ, यसरी घुमेपछि लाग्ने खर्चबर्च हुने सबै समस्या नेताले नै सम्याइदिऊन्, मिलाइदिऊन्, आफ्नो आना पनि खर्च नहोस् । समाजले पनि बाटो बनाइदियोस्, पुलपुलेसो, बत्तीपानीको व्यवस्था गर्दियोस् । यही र यस्तै हो अपेक्षा †
 
राजनीतिमा छिरेपछि स्वाभाविक रूपमा दामको कुरा आउँछ, रुखो वा प्यांखर राजनीति गरेपछि स्वाभाविक आमदानी हुँदैन, घरबाट सम्भव छैन, भए पनि छुने वा चलाउने कुरो भएन । यता उल्टो घरपरिबारबाट आस हुन्छ । पार्टीले दिँदैन, दिइहाले पनि हात्तीको मुखमा जिराजस्तै हो । नेता भएपछि न्यूनतम पनि माथिका अपेक्षा पूरा गर्नै प¥यो । कार्यकर्तालाई हेर्नै प¥यो, नत्र गुट वा दलबाट नै बिदावारी
 
होलान् भन्ने पीर † चिया पसलमा गफगाफ मारेपछि खाएपछि अरूलाई तिर्न दिनुभएन, तिरी पनि दिँदैनन् । ल नेताजी भन्छन्, मन कुँड्याएर भए पनि
 
तिर्नैप¥यो । पार्टीले लेबी भन्छ, भाग्ने कुरो भएन, नाकको चालले बुझाउनै प¥यो । कार्यकर्ता बिरामी पर्दा सके पूरै नसके पनि यसो हल्काफुल्का औषधि उपचारलगायत खर्च बेहोर्नैप¥यो । राजनीतिमा उक्लेपछि चुनावमा पनि हात हाल्नैप¥यो । विपक्षीको सामु लुरेलारे देखिनुभएन, हेपिहाल्छन् । टन्न पैसाको खोलो बगाउनै प¥यो । कार्यकर्ता, शुभचिन्तकका मासुभात, दारुपानीजस्ता आधारभूत माग पूरा
 
गर्नैप¥यो । मोटरसाइकल, गाडी, तेलको आदिको अभाव खड्कन दिने कुरै भएन । सर्वहाराको नेता भए पनि जहाज भाडामा लिनैप¥यो, गाडीमा यात्रा गर्ने कुरो
 
पुरातन चिन्तन भइगो । बिहेभोज आदिमा पनि दह्रै पार्टी दन्काउनै प¥यो । गाउँसमाजमा स्कुल, मन्दिर, पार्टीपौवा बनाउने भनेपछि अलिअलि भए पनि चन्दादान, सहयोग हु¥याउनैप¥यो । सातौं पुस्तासम्म जगेडा गर्नुपर्ने अर्को बाध्यता र आवश्यकता त छँदै छ । जोगीको जिन्दगी व्यथित गर्न त कोही पनि राजनीतिमा छि¥या होइन † दामविनाको खल्लो राजनीतिमा स्वाद पनि छैन, धित मर्दैन, राजनीतिमा अडिन नै सम्भव छैन । अरू पेसा छैन, गर्ने कुरो पनि भएन ।
 
आरम्भ नै खराब बिन्दुबाट भएको छ । अध्ययनताका स्कुल पोल्दै, बार–रेलिङ भत्काउँदैमा जिन्दगी बित्यो । आयआर्जन÷आर्थिक उन्नतिको बाटो अवलम्बन गर्ने कुरा आफ्नो जिन्दगीको शब्दकोशमा कहिल्यै अटाएन । अरूलाई यस्तै सिकाइयो । आफ्नो संगठन र स्ववियुमा आउने रकममा गडबड गरी बानी बिगारियो ।
 
अरू बाहिरफेर ठेक्कापट्टाको अर्कै व्यथा छँदै छ । फसाद परेपछि उपाय निकाल्नै प¥यो । उही हो, आफ्नो गच्छे वा उचाइअनुसारको भ्रष्टाचार † बडाको नेताले बडाको बजेट भ्याइदिने, सामुदायिक वनमा भाग मिलाउने, गाविसको नेताले गाविसको, क्षेत्रले क्षेत्रको, जिल्लाले जिल्लाको, अञ्चलले अञ्चलको, केन्द्रकाले तलैदेखि माथिसम्मको बजेट चप्काउनैप¥यो । व्यापारी÷दाता, तस्कर जेजति छन् पुर्कार्नै प¥यो । सुनेनन्÷मानेनन् वा अटेर गरे भने भोलिको लोभलालचले पेल्नै प¥यो । भएन भने बन्दुक देखाएर स्वेच्छिक माग गर्नै प¥यो । नुन खाएपछि गुन नलगाउनु बैगुन हो । फेरि एक माघले जाडो जाने कुरो पनि भएन । घुमीफिरी रुम्जाटार, त्यहीँ पुग्नुपर्छ, फेरि हात पसार्नुपर्छ ।
 
सबै मुख बाएर बस्छन्, नबसून् पनि कसरी ? हिजो आफैंले दिइएको आवश्वासन हो । कार्यकर्ताको लेबीबाहेक दलका नेताहरूको सिधासिधी आमदानीको मुहान नदेखिए पनि धनी छन् राजनीतिक दलका नेताहरू † निर्वाचन लड्न सम्पत्ति विवरण देखाउनुपर्छ भन्यो भने यो सरासर निर्वाचन भाँड्ने मेलो हो । निर्वाचनताका बडेमानको खर्चमा जहाज लैजान वा भाडामा लिन मनाही छ भन्दा प्रतिगामी बनिन्छ । तर्क राखिन्छ– किन नपाउने, जनतासँग भेटघाट गर्न ? कि चुनाव घोषणापछि रातारात हिमाल, पहाड सम्मिएर तराई बन्छ, अनि पजेरो गुड्छ ? उल्टो नेतृत्व तहबाटै दादागिरी शैलीको प्रश्न प्रहार हुन्छ । झुत्रे चप्पल नदेखेकाहरूको कसरी रातारात कायापलट भयो ? कसरी पार्टी भवन ठडिए ? यमानका गाडी, घरघडेरी कहाँबाट आए ? दिनेले माया लागेर दिएको हो भने हिजो किन दिएन ? पदमै पुगेपछि मात्रै ह्वात्तै माया पलाउनुपर्ने किन ? दिनरात काम गर्ने कर्मजीवीलाई चाहिँ जीवन धान्न किन धौधौ ? अहिलेसम्म उत्तर छैन । सोध्दा पनि पाइँदैन । बढ्ता कुरा ओकलेको होइन, सक्कली स्रोत के हो भनी सुसूचित हुन खोजेको मात्र हो । खाँट्टी कुरा यिनै हुन् । कथनी र करनीमा फरक छ । कथापलट सर्वहाराको छ, प्रजातन्त्रप्रेमीको अभिनय सामन्तीको †
 
नराम्रो भन्ने कोही छैनन्, नजाति कोही बन्दैनन् । सबै आफूलाई सदाचारी नै दाबी गर्छन् तर पनि भ्रष्टाचारको राइँदाइँ नै छ । म सदाचारी हुँ मैले भ्रष्टाचार गरें, म खत्तम, कुजात हुँ, मुलुकमारा हुँ भनी स्वीकारोक्तिको संकेत छैन । खाने खुवाउने ठाउँमा उनीहरू नै विराजमान छन् । मुहान हुँदा पानी आउँछ भनेझैं नियमित स्रोत हुँदा आयआर्जन हुन्छ । रकम भनेको साँझजस्तो होइन, दिन सकिने बित्तिकै सजिलै टुप्लुक्किने † आय नभएपछि वा आयको तुलनामा व्ययभार बढी भएपछि स्वाभाविक रूपमा असन्तुलन पैदा हुन्छ । अनि हुन्छ दायाँबायाँ, आयको सहीसलामत र कानुनी बाटो हुँदैन । चौतर्फी प्रश्नहरू उठ्ने कार्यले निरन्तरता पाएपछि नेतृत्व अहिले हामी यसमा सचेत छौं, सुधार्ने छौं भन्ने ठाउँमा पुगेका छन् । अलिअलि, झिनामसिना सुधारहरू हुन थालेका छन् तर पद्धति निर्माण गर्न होइन, अवगाल आइलाग्छ भनी म सुध्रिएँ नि भनी विज्ञापन गर्न †
 
अहिले पनि जसरी हुन्छ कुम्ल्याउनुपर्छ, सात पुस्ता थुपार्नुपर्छ भन्ने मान्यताअनुसारको काम जीवितै भए पनि एक हदसम्म धिक्कार्ने संस्कार विकसित हुँदै गइरहेको छ । यो त्यति सहजै रूपमा निको हुने रोग होइन । समाजलाई भ्रष्टाचारले ङ्याक्दै लैजानु भनेको अन्ततः सबै सकिनु हो । अतः अब राजनीति नाफाको पेसा व्यवसाय होइन, सेवामा अनुवाद हुनुपर्दछ । भ्रष्टाचारले चलाउने राजनीति दीर्घ हुँदैन, कुनै न कुनै दिन खाल्डोमा हाल्छ । खराब सोचका नेता जन्मन नदिन निर्वाचनमार्फत विशेष परिवार नियोजनको विधि अवलम्बन गर्नुपर्दछ । यसको लागि योग्यताविहीन, ल्वाँगेहरूलाई राजनीतिको ढोका बन्द गरिनुपर्छ । राजनीतिमा छिर्न चाहने वा छिरिसकेकाहरू पनि उत्पादनमूलक क्षेत्रमा लागेको हुनुपर्दछ, ताकि उसको खर्च आफ्नै व्यवसायबाट धान्न सकोस् । अन्त्यमा, भ्रष्टाचार छ भनी कुर्लंदैमा आफैं भाग्दैन, कामले नै भगाउने हो । राजनीतिक दलहरूसहित सबैको व्यवहारमा बुद्धि फिरोस् 

प्रमुख समाचार

कर्मचारी

View All