ताजा समाचार

News

अवैध इजरायली बस्ती हटाउने प्रस्तावको अमेरिकाद्वारा बचाउ

२०७३ पौष १४ बिहिबार
image not found

पुस १४ – अमेरिकाले अवैध इजरायली बस्ती हटाउने सम्बन्धी प्रस्ताव इजरायल र प्यालेस्टाइनको दुई हितका लागि रहेको भन्दै बचाउ गरेको छ । अमेरिकी विदेश मन्त्री जोन केरीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पारित गरेको अवैध इजरायली बस्ती हटाउने सम्बन्धी प्रस्ताव दुई देशको शान्तिका लागि रहेको बताउनुभएको छ । दुई देशलाई गम्भीर नोक्सानीबाट जोगाउनका लागि प्रस्ताव पारित गरिएको उहाँको भनाई छ ।

सुरक्षित इजरायल र व्यवहारिक प्यालेस्टाइन बिना त्यो क्षेत्रमा साँचो अर्थमा शान्ति नआउने केरीको भनाई छ । अवैध बस्ती हटाउने प्रस्तावले शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्ने अमेरिकी विदेशमन्त्री केरीको भनाई छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी नीतिमा गम्भीर बदलाव आएको भन्दै निराशा व्यक्त गर्नुभएको छ । परम्परागत रुपमा इजरायलको समर्थक रहँदै आएको अमेरिकाले गएको शुक्रबार सुरक्षा परिषदमा प्रस्ताव पारित हुन नदिन भिटो प्रयोग गरेन । यसले गर्दा प्रस्ताव पारित भयो ।

आफूहरु शान्तिको चाहना राख्ने तर प्यालेस्टाइन त्यसको विपक्षमा रहेको इजरायली प्रधानमन्त्री नेतन्याहुको भनाई छ ।

इजरायलले सन् १९६७ मा वेष्ट ब्यांक र पूर्वी जेरुसेलम प्यालेस्टाइनबाट नियन्त्रणमा लिएको थियो । त्यसबेलादेखि यि दुई क्षेत्रमा एक सय ४० बस्तीमा पाँच लाख यहुदी बस्दै आएका छन् । अन्तर्राष्ट्रिय कानुन अनुसार यि बस्ती अवैध हुन् । तर इजरायलले अस्वीकार गर्दै आएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All