ताजा समाचार

News

खेल मैदान बनाउन ८ लाख सहयोग

२०७३ पौष १३ बुधबार
image not found

लमजुङ, पुस १३ – रोजगारीको शिलशिलामा हङकङमा बसोबास गर्दै आएका लमजुङेहरुले बेसीशहरस्थित सहजी खेल मैदानको विकास र विस्तारको लागि ८ लाख रुपैयाँ सहयोग गरेका छन् ।

लमजुङ सेवा समिति हङकङले सम्पर्क समिति लमजुङमार्फत सहजी खेल मैदानको  विस्तार तथा व्यवस्थापन समितिलाई सहयोग रकम दिएको हो ।

लमजुङ सेवा समिति हङकङका अध्यक्ष सरोज गुरुङ लगायतका कार्य समितिका पदाधिकारीले सहजी खेल मैदान विस्तार तथा व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्द बस्नेत र त्रिवेणी युवा क्लबका अध्यक्ष छविन्द्र गुरुङलाई चेक हस्तान्तरण गरेका हुन् ।

प्राप्त सहयोग रकम खेल मैदानको जग्गा खरिदमा खर्च गरिने सहजी खेल मैदान व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले बताउनुभयो ।

प्रमुख समाचार

कर्मचारी

View All