ताजा समाचार

News

कांग्रेसका सीमाः

२०७३ पौष ११ सोमबार
image not found

 

congress-leaderनेपाली कांग्रेस शीतयुद्धकालिन चेतनामा जन्मिएको पार्टी हो । विशेषतः युरोपियन समाजवादी बहस र चेतनामा यसले प्रजातान्त्रिक समाजवादी चिन्तनलाई आधिकारिक बनायो । विशेषतः लेनिन र काउत्स्कीको बिवादमा काउत्स्कीष्ट धारलाई समर्थन गर्दै दोस्रो अन्तर्राष्ट्रियको सदस्य भयो । तर नेपाली समाजमा भने उसले गैरराजावादी र गैरकम्युनिष्ट लोकतान्त्रिक दलको आवश्यकतालाई पूरा गरिरहृयो । सन् १९९० को दशकसम्म जसरी राजावादीहरु लोकतन्त्रको विरुद्धमा निर्दलीयताका पक्षमा थिए, त्यसै गरी कम्युनिष्टहरु पनि एकदलीयताको पैरवी र समर्थन गर्थे । तसर्थ बहुलीय लोकतन्त्रप्रति समर्पित दलका रुपमा नेपाली कांग्रेसको एकलौटी छवी बन्यो । यही छवी नै कांग्रेसको सबैभन्दा ठूलो पुँजी हो ।

तर बद्लिएको विश्वचेतना, व्यवहार र अभ्यासले कांग्रेसका लागि थुप्रै नयाँ चुनौति थपिसकेका छन । कांग्रेस लोकतन्त्र भन्नाले अहिले पनि संसदीय लोकतन्त्र मात्र बुझ्छ, तर देशमा शासकीय स्वरुप परिवर्तनका पक्षमा बलियो जनमत तयार भइसकेको छ । ऊ सरकारमा रहँदा लिएका आर्थिक नीतहरुले प्रजातान्त्रिक समाजवादी दलको नभएर उदारवादी दलको छवी निर्माण भएको छ । तसर्थ कम्युनिष्टहरुले पुँजीवादी दलको आरोप लगाउँदा जनताले पत्याउँने आधारहरु छन ।

अन्तपार्टी लोकतन्त्र, सुशासन र आर्थिक विकासका दृष्टिकोणले कांग्रेस आजसम्म प्रभावशाली हुनसकेन । तथापि लोकतन्त्रवादीहरु कांग्रेसमा नै खुम्चिन बाध्य थिए । किनकी यस स्कुलिङ्गबाट आएका मान्छेका लागि समर्थन गर्न योग्य अर्को कुनै दल देशमा थिएन । स्वभावैले कांग्रेसहरु राजावादी र कम्युनिष्ट हुन सक्दैनन् । नयाँ शक्तिको गठन भएसंगै उनीहरुले पनि बिकल्प दल प्राप्त गरेजस्तो देखिन्छ ।