News
साफ महिला फुटबल : नेपालले आज भुटानसँग खेल्ने
२०७३ पौष ११ सोमबार

पुस ११ – चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले सोमबार भुटानसँग खेल्दैछ । खेल भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।
रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपालले समूह चरणमा माल्दिभ्स र श्रीलंकासँग पनि खेल्नेछ । यी तीनै देशसँग यसअघिका सबै खेलमा नेपाल विजयी भएको छ ।
यसअघिका लगातार तीन संस्करणमा उपविजेता बनेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको छ ।
फिफा बरियतामा नेपालभदा २६ स्थान माथि रहेको मलेसियालाई १–० ले हराएको नेपाली टोलीको मनोबल उच्च रहेको प्रशिक्षक कुमार थापाले बताएका छन् ।