ताजा समाचार

News

विवादास्पद ट्रम्प फाउन्डेसन बन्द गर्ने ट्रम्पको योजना

२०७३ पौष १० आइतबार
image not found

पुस १० – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो सहयोगी संस्था बन्द गर्ने योजना रहेको बताउनुभएको छ । राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आफ्नो सहयोगी संस्था ट्रम्प फाउन्डेसन बन्द गर्ने योजनामा रहेको घोषणा गर्नुभएको हो । स्वार्थका लागि हुने द्वन्द्व अन्त्यका लागि फाउन्डेसन बन्द गर्ने योजना बनाएको ट्रम्पको भनाई छ । ट्रम्प फाउन्डेसनमाथि पारदर्शी रुपमा कम नगरेको आरोप लागेको छ ।

आरोपको विषयमा न्युयोर्कका अधिकारीले छानबिन गरिरहेका छन् । तर ट्रम्पले भने सबै आरोप अस्वीकार गर्दै आउनुभएको छ । तर छानबिन गरिरहेको न्युयोर्कको सरकारी वकिल कार्यालयले भने अनुसन्धान पूरा नभएसम्म ट्रम्पले फाउन्डेसन बन्द गर्न नपाउने बताएको छ । ट्रम्पले शनिबार अबेर जारी गरेको वक्तव्यमा फाउन्डेसनले धेरै आवश्यक समूहका लागि ठूलो सहयोग गरेको उल्लेख गरिएको छ । तर फाउन्डेसनका कारण उत्पन्न हुन सक्ने विवाद अन्त्यका लागि संस्था नै बन्द गर्ने योजना बनाएको वक्तव्यमा उल्लेख गरिएको छ । गएको नोभेम्बरमा भएको चुनावमा विजयी भएका ट्रम्पले आउँदो जनवरी २० मा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु हुनेछ । 

प्रमुख समाचार

कर्मचारी

View All