ताजा समाचार

News

म्यानचेस्टर युनाइटेडको भव्य सँस्कृति अब गयो : मोएज

२०७३ पौष १० आइतबार
image not found

पुस १० – सन्डरल्याण्डका प्रशिक्षक डेविड मोएजले म्यानचेस्टर युनाइटेडको भव्य सँस्कृतिको समय गएको बताएका छन् । म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक मोएजका अनुसार लामो समयदेखि क्लबको जुन भव्य सँस्कृति थियो, त्यो अहिले गइसकेको छ । स्कटिस मोएजलाई एक सिजन भन्दा पनि कम अवधिमा सन् २०१४ मा म्यानचेस्टर युनाइटेडले बर्खास्त गरेको थियो । मोएज लेजेण्ड सर एलेक्स फरग्युसनको ठाउँमा आएका थिए । मोएजले भने ‘त्यो सँस्कृति भयो अब । केही अवसर छ, तर युनाइटेडले आफ्नो सँस्कृति गुमाउने बाटो समातेको छ ।’ सन् २०१३ मा २६ वर्ष लामो जिम्मेवारीपछि फरग्युसनले राजीनामा दिएका थिए । त्यसपछि क्लबलले चार सय ८० मिलियन पाउण्ड खर्च गरेको छ । तर त्यस अनुसार नतिजा निकाल्न सकेको छैन । क्लबले खेलाडीमा धेरै खर्च गरेको तर अरु क्लबसँग प्रतिस्पर्धामा उत्रिन भने नसकेको मोएजको भनाई छ । 

प्रमुख समाचार

कर्मचारी

View All