ताजा समाचार

News

सैन्य कारवाही रोकिएको रुसको भनाई

२०७३ मङ्सिर २९ बुधबार
image not found

मंसिर २९ – सिरियाको एलेप्पोको पूर्वी क्षेत्रमा सैन्य कारवाही अन्त्य भएको रुसले जनाएको छ । सरकारी सेनाले त्यस क्षेत्रमा नियन्त्रण कायम गरेको र विद्रोही लडाकु त्यो ठाउँ छोडन् तयार भएकाले सैन्य कारवाही अन्त्य गरिएको संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भिटाली चुर्किनले बताउनुभयो ।विद्रोही पक्षले पनि आफूहरु एलेप्पोको पूर्वी क्षेत्र छोड्न सहमत भएको पुष्टि गरेका छन् । तर सर्वसाधारण नागरिकलाई पनि बाहिर जान अनुमति दिनुपर्ने उनीहरुको माग छ । यो सहमतिले चार वर्षदेखि त्यहाँ जारी डरलाग्दो द्वन्द्व अन्त्य हुने आशा गरिएको छ । यस क्रममा हजारौं मानिसको ज्यान गइसकेको छ । सिरियाको सरकारी सेनाले रुसी हवाई सेनाको सहयोगमा विद्रोही विरुद्ध आक्रमण गर्दै आएको थियो । संयुक्त राष्ट्रसंघले एलेप्पोका बासिन्दामाथि बर्बरताको अवस्था रहेको र त्यसको जिम्मेवार सरकारी सेना र उसलाई सहयोग गर्ने पक्ष हुने बताए लगतै सैन्य कारवाही अन्त्य भएको कुरा बाहिर आएको हो । संयुक्त राष्ट्रसंघ र अमेरिकाले एलेप्पोमा भएको बर्बरताको जिम्मेवार सिरिया सरकार तथा उसलाई सहयोग गर्ने रुसी र इरान रहेको बताएका छन् । तर रुसले भने आरोप असत्य रहेको बताउँदै आएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All