ताजा समाचार

News

एलेप्पोमा नागरिक विरुद्ध बर्बरता, राष्ट्रसंघको चेतावनी

२०७३ मङ्सिर २८ मंगलबार
image not found

मंसिर २८ – संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले सिरियाको एलेप्पोका नागरिकमाथि बर्बरताको अवस्था रहेको भन्दै चिन्ता व्यक्ति गर्नुभएको छ । महासचिव वानले एलेप्पोका नागरिकको रक्षाका लागि सम्वद्ध सबै पक्षसँग आग्रह गर्नुभएको छ । नागरिकको रक्षाका लागि विशेष गरी सिरिया सरकार जिम्मेवार बन्नु पर्नेमा उहाँले जोड दिनुभएको छ । यसअघि संयुक्त राष्ट्रसंघका मानवीय सल्लाहकार ज्यान एगल्याण्डले सरकार समर्थित लडाकुले गरेका सबै बर्बरताका लागि सिरिया र रुस सरकार जिम्मेवार हुने बताउनुभएको थियो । एलेप्पोमा सिरियाली सेनाले बिद्रोही विरुद्ध कारवाही अभियान चलाइरहेको छ । एलेप्पोमा नागरिक विरुद्ध भएको बर्बरताको घटनाले महासचिव वान चिन्तित रहेको उहाँका प्रवक्ता स्टिफन डुजारिकले बताउनुभएको छ । विशेष गरी महिला तथा बालबालिकाको सुरक्षाको विषयलाई लिएर महासचिव बढी चिन्तित रहनु भएको डुजारिकको भनाई छ । 

प्रमुख समाचार

कर्मचारी

View All