ताजा समाचार

News

ट्रम्पको संकेत : एक चीन नीति टुंगिन सक्छ

२०७३ मङ्सिर २७ सोमबार

मंसिर २७ – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन डोनाल्ड ट्रम्पले अमेरिका एक चीन नीतिमा बाँधिन नहुने बताउनुभएको छ । अमेरिकाले अहिले एक चीन नीति लिँदै आएको छ । ट्रम्पले फक्स न्युजलाई दिएको अन्तर्वार्ताको क्रममा ट्रम्पले एक चीन नीतिमा बाँधिन नहुने बताउनुभएको हो । एक चीन नीति अन्तर्गत अमेरिकाले ताइवानलाई चीनकै हिस्सा मान्नेको छ । तर राष्ट्रपतिमा निर्वाचित ट्रम्पले गएको हप्ता ताइवानका राष्ट्रपतिलाई टेलिफोन गर्नुभएको थियो । त्यसको चीनले विरोध गरेको थियो । अमेरिकाको एक चीन नीति दुई देशबिचको सम्बन्धको आधार स्तम्भ मानिने गरेको छ । तर ट्रम्पको भनाईपछि त्यसमा असर पर्न सक्ने विश्लेषण गरिएको छ । ट्रम्पले नीतिका विषयमा बेइजिङसँग छलफल गर्नु आवश्यक रहेको बताउनुभएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All