ताजा समाचार

News

भारतीय वायु सेनाका पूर्व प्रमुख भ्रष्टाचार आरोपमा पक्राउ

२०७३ मङ्सिर २५ शनिबार
image not found

मंसिर २५ – भारतीय वायुसेनाका पूर्व अध्यक्ष एसपी त्यागी भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । भारतको केन्द्रीय जाँच एजेन्सी सिबिआईले पूर्व वायु सेनाध्यक्ष त्यागीलाई शुक्रबार बेलुका पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यागीले इटालीको हेलिकप्टर निर्माता कम्पनी अगुस्ता वेस्टल्याण्डबाट कमिशन लिएर हेलिकप्टर किन्ने सम्झौता गरेको आरोप लागेको छ ।

यसमा संलग्न रहेको अभियोगमा त्यागीका आफन्तसहित दुई जनालाई पनि पक्राउ गरिएको छ । १२ वट हेलिकोप्टर खरिद सम्झौता ५५ करोड डलरको भएपनि त्यागीले कति कमिशन लिएको भन्ने सिबिआईले खुलाएको छैन । त्यागीसहित पक्राउ परेकालाई शनिबार अदालतमा पेश गरिने सिबिआईले जनाएको छ । तर पूर्व वायुसेनाध्यक्ष त्यागीले भने आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् ।  

प्रमुख समाचार

कर्मचारी

View All