ताजा समाचार

News

हक़ र अधिकार माग्नु गलत हो.?

२०७३ मङ्सिर २४ शुक्रबार
image not found

कैलाली-कंन्चनपुरमा भूमी पुत्र भनेर चीनीने थारु समुदायहरुको मागलाइ हामीले अनदेखी गर्नु नहुने हो तर यती भन्दा खेरी थारु समुदायका मित्रहरुले पनी हामी लाइ अलग्गै राज्य चाहियो भनेर द्वन्द नीम्त्याउनु पनी हुदैन ! शान्ती पूर्ण तरिकाले आफ्ना मागहरु पनी त सरकार सँग राख्न सकीन्छ ! वास्तविक रुपमा हेर्ने हो भने कैलाली कंचनपुरका थारु समुदाय नै त्यों क्षेत्र का जमीन सँग जुड़ेका समुदाय हूँन ! उहाहरु को माग नाराम्रो ,नाजायज छैनं भंन्ने मेरो ब्यक्तिगत धारणा हो !

मधेशी मुल्का जस्ता छीमेकी देश बाट आयर नागरिकता लीयर बसेका होइनंन थारु समुदाय !! 

मधेशीहरुको जस्तो उहाहरुको माग पनी छैनं ! थारुबंन्धूहरुले त पहिचान र् सामर्थ्य को आधार माँ आफ्नो माग राख्नु भयको छ जून मेरो बीचारमा गलत छैनं जस्तो लाग्दछ!तराइ माँ बर्शौ देखी जँगल फडानी गर्दै बसेका ,औलो , मलेरिया सँग जुज्धै आयका धर्ती पुत्र हूँन  ! हनत धेरैले आफु पहाड़ी भयर पनी थारुको पक्ष्य माँ लेख्छ भनेर धेरै साथी हरुले भन्नु हुन्छ होला तर जो बर्षौ देखी तराइ को जमीन माँ पसीना बगायर बसी रहेका छनं के उहाकाहरुले आफ्नो हक़ अधीकार माग्नु गलत हो.?

हाँमी पहाड़िया हरु बिस्तारै पहाड़ देखि तराइ झर्दै बसोबास गरेका मात्रै हौं, यो कुरां सबैलाई जानकारी मैं छ होला !!

पुरानो डाटा हेर्ने हो भने सबै भन्दा बढ़ी थारु हरुको नै बाहुल्यता भयाको पाइन्छ !अहिले आयर पो हाँमी पहाड़ी हरु तराइ झरे पछी हाम्रो जनसंख्या बढ़ी भयकै देखिन्छ ! त्यसैले मेरो बीचारमा कैलाली कंचनपुर लाइ थरुहट प्रदेश माँ मिसाउदा आज संम्म पिल्सियर बसेका जमीन दारको हलो जोत्दै आयका थारु समुदाय माँ केहि न केहि ख़ुशी पक्कै छाँउछ होला ! तर अहिले को परिस्थिति अनुसार कैलाली कंचनपुर लाइ सुदूर पश्चिम देखि अलग गर्नु हुदैन भन्ने माँ म् आफै पनी पर्छु तर थारु बंन्धू हरुको माग लाइ पनी गहन भयर सोच्नु पर्छ जस्तो लाग्छ!!थारु समुदाय भनेको सोझा साझा मान्छे हरु हूँन भन्ने हाँमी सु प् का सबै पहाड़ीया हरुलाई थाहा भयकै कुरां हो !

मैले देखे अनुसार,

मेरै गाँउमा घर्का सबै जना कमैया भयर जीबीको पार्जन गरेको!!हाम्रो गाँउमा पनी आधा जती बस्ती थारु हरु को नै छ ! यो पहिचान र् सामर्थ्य को कुरो नल्यायको भय उहाहरु यो आवाज पनी उठाउने पनी थियनंन भन्ने कुरां प्रष्ट बुझीन्छ अब सबैले आफ्नो पहिचान को माग गरी रहेका बेला थारुहरुले पनी आफ्नो पहिचान गराउँन खोज्नु गलत हो जस्तो लाग्दैन मलाई !

अन्तमा नेपाल सरकार ले थारु समुदाय को पनी पहिचान दीने कोशिस गर्नु पर्छ र् हाँमी पहाड़िया हरुले पनी कैलाली कंचनपुरलाइ थरुहट प्रदेश माँ राख्दैमा कुनै पहाड़ टुटछ होला भनेरै आशंका गर्नु गलत छ !

 

 
पदम बहादुर खड्का
बेल्डाडी न् पा-८ बैबाहा
हाल :- बहराइन