ताजा समाचार

News

पार्टी को झोले भएर होईन, विकाशको खोले बनौं

२०७३ मङ्सिर २२ बुधबार
image not found
नेपाल को सुन्दर सुदूर पश्चिम क्षेत्रको नौ ओटा जिल्ला मध्य एउटा तराईको जिल्ला हो कन्चनपुर ! त्यही कन्चनपुर को पनी दक्षिणी क्षेत्र माँ पर्ने ठाँउ बेल्डाडी जून अहीले बेल्डाडी नगरपालिका को नामले चिन्न सकीन्छ ! म त्यही बेल्डाडी नगर पालीका वार्ड नम्बर-८ को स्थानीय बासी हूँ पदम बहादुर खड्का  ! 
 
 अहिले मेरो उमेर भनेको लगभग ३८ बर्ष को भयो !! मैले यो सबै भन्नु को मतलब के हो भने आज सम्म बेल्डाडी  देखि कन्चनपुर  जिल्ला को सदर मुकाम महेंन्द्र नगर आउँन् को निम्ती कमसेकम 4 घण्टा लाग्दछ त्यों पनी बसको यात्रा माँ!!  धेरै राजनैतीक पार्टी हरु आय ,गय तर त्यों बाटो( बेल्डाडी देखी दैजी सम्म) कसैले बनाउने प्रयास गरेनं ! म् सानै उमेर देखी उज्यालो मन परांउने मान्छे भयको ले होला सायद, राजनैतीक पार्टी का झण्डा हरुमा अङ्कित माँ मलाइ ने क पा एमाले को झण्डा सार्है मन पर्थ्यो ,त्यसैले होला २०५१ साल को आम निर्बाचन माँ मैले घरमा आँमा बुवा लगायत आफ्ना नातेदार हरु लाइ पनी सूर्य माँ भोट गर्न को निम्ती आग्रह गरेँ र् मैले पनी सूर्य माँ नै पहिलो चोटी भोट गरेको थींय..त्यस बेला एमाले ले राम्रै जीत हात पारेको थियो !!ने क पा एमाले का नेता स्व.मन मोहन अधिकारी ज्यु त्यति खेर प्रधान मन्त्री पनी बन्नू भयो तर हाम्रो दक्षिणी क्षेत्र को मुहार फेर्नु त काँ हो काँ,सदर मुकाम देखि बेल्डाडी सम्म को बाटो को बारेमा सोचने फुर्सद नै पायनन् ,हाम्रा भद्र भलादमि एमाले का नेता ज्यु हरुले !! 
 
      त्यसपछि पटक-पटक हाम्रो दक्षिणी क्षेत्र  बाट अर्थात कन्चनपुर क्षेत्र नमर.2 बाट दुइ दुइ चोटी नेपाली काँग्रेश ले, एक चोटी एमाले र् एक चोटी माओबादी ले चुनाव जीती सकेको सबै लाइ थाहा भएकै कुरो हो तर बेल्डाडी देखि सदरमुकाम महेन्द्रनगर जोड़ने छोटो दुरी को बाटो दैजी-कालिकिच को बाटो भने जस्ताको त्यस्तै रही रह्यो ! चुनाव माँ भोट माग्न त्यही बाटो भयर जांन्छंन् जब चुनाव माँ जीत हासिल हुन्छ फेरी हाम्रा नेता हरुलाई त्यों बाटो को अवस्था बारे ध्यान नै हुँदैन ! किन.?
 
हामी सरबसाधारंण जनता हरुलाई यात्रा गर्न कती कठी नाइ छ भन्ने कुरा दक्षिणी जनता हरुलाई मात्र था छ!  कहिले कांही धानको बीउ छरे जस्तै ग्राभील हालिन्छ ! तर त्यों कच्ची सड़क लाइ कालो पत्रे बनाउन को बारेमा हाम्रा सांसद ज्यु हरुलाई केही चिंता नै हुँदैन ! आखीर कहिले सम्म ?
 
नेपाली काँग्रेश का नेता तारणी दत्त चटौत, 
ने क पा एमाले का भोजराज जोशी,
एकीकृत ने क पा माओवादी नेता पूरन राना 
अनी अहीले नेपाली काँग्रेश का दीवान सिंह बिष्ट !
 
यी सबैलाइ हामी दक्षिणी क्षेत्र का जनता ले सांसद माँ पुगायका हौ तर सबैले बिर्सने रहेछन् भन्ने कुरा छर्लंङ्ग भयको छ ! हामी गाँउ घर का युवा सबैले आफ्नो जिबिको पार्जन गर्न स्वदेश छोड़ी बिदेश् नगई भयको छैन ! बिदेशीनु हाम्रो रहर होइन बाध्यता हो भन्ने कुरा पनी सबै लाइ थाहा नै छ! हाँमी बिदेश् माँ भयर पनी आफ्नो गाँउ ठाँउ को बारेमा समाचार हरु पत्र पत्रिका माँ online पेज हरुमा सबैका सामू पस्कदै आयका कलम मार्फ़त हामीलाई, सम्बन्धित निकाय लाइ घच्-घच्यांउदै आउँनु भयका पत्रकार मित्र Sital Bhatt र mohan Bist लाइ धन्यबाद दिनै पर्ने हुन्छ !
 
यो दैजी कालिकिच सड़क को बारेमा पनी उहाले धेरै पहिले देखि नै आवाज उठाउँदै आँउनु भयको छ र् उठाई रहनु हुनेछ भन्ने हामी लाइ अझै पनी आशामा छौं ! हे हाम्रा नेता भनाउदा हरु हो ,चुनाव आउने एक दुइ पटक मात्र हैंन् ,यो गणतन्त्र माँ फेरी फेरी चुनाव आइरहन्छ त्यसैले त्यति खेर हाम्रो सामू तपाई हरु कुन मुख् देखाएर आँउनु हुन्छ.? हामी दक्षिणी क्षेत्र का जनता सबै तपाईहरु लाइ देखेर दीक्क भइसकेका छौं ! 
अब हाँमी दक्षिणी क्षेत्र का सबै युवा हरु मिलेर केही न् केही उपाय खोज्न जरुरी छ !! बाउको पालामा पनी त्यस्तै मेरो पालामा पनी त्यस्तै अब आउने पीढ़ी को पालामाँ पनी त्यस्तै सौतेली ब्यभहांर भैरहन्छ भने हे दक्षिण का युवा हरु हो सबै एक आपस्मा मिलेर् केही न् केही नया जुक्ती निकालौ !
 
सबैले आ-आफ्नो ठाँउ बाट उठेर जुटेर त्यों कालीकीच्-दैजी को बाटो लाइ कालो पत्रे गर्न पहल गरौ यदि हामी ले त्यसको पहल गर्छौ भने राजनीति पार्टी का नेता हरुलाई पनी लाज् लागेर भयपनी केही सहयोग गर्न त आउँछन् की.?
बिदेश् बा बस्नु हुने मित्र हरुले आर्थिक सहयोग गरौ, घरतीरै बस्नु भयका युवा मित्र हरुले भौतीक रुपले मदत गरौ तब पो केही हुन्छ की.? हाम्रा नेता सांसद हरुको भर पर्यो भने हाम्रा छोरा नातीका पाला सम्म पनी यो बाटो बन्छ होला जस्तो लागी रहेको छैन !
 
किनकी मेरो उमेर 37 बर्ष पूरा भइसकेको छ । जती खेर देखि म् अली जान्ने बुझने भय त्यतिखेर देखि त्यों बाटो त्यस्तै थियो। र् अहीले सम्म पनी मैले त्यों बाटो त्यस्तै देखि रहेको छूँ !
त्यसैले युवा हरु सबै एकजुट भयर लागौ !
नेपाली काँग्रेश
ने क पा एमाले 
माओबादी
मधेश बादी
यी सबै पार्टी को झोला बोक्नु छोडेर, इनी हरुको गुण गाँन् गाँउनु छोडेर ,कन्चनपुर को दक्षिणी क्षेत्र का युवा, पत्रकार,बिद्यार्थी समाजसेवी ले एक जूट भयर ,एक ढिक्का भयर अगाडी बढ्नु को बिकल्प छैन !!  यदि हाँमी अंझै पनी  
" पार्टी को झोले भयर होईन विकाशको खोले बनौं  " झोले भयर हीडेउ भने त्यों दैजी कालिकिच को बाटो,झरना खोला को समस्या, झिल्मिला को उब्जनि जमीन जो तलाव माँ परिणत भयको छ त्यों,कुनै पनी समस्या को समाधान हुने वाला छैन भनेर युवा बर्ग हरुले सोच्नु नै पर्ने छ  !!   एैले कालोपत्रे का लागि ठेक्का भयो भन्ने सुनेको छु तर खै अब त त्यो बाटोमा हिडे पछि मात्र बिश्वास लाग्ने हो..?
त्यसैले,
मेरो अनुरोध छ की पार्टी लाइ भन्दा स्थानीय स्तर को बिकास को निम्ती हातेमालो गरौ !! 
धन्यबाद
 
पदम बहादुर खड्का
बेल्डाडी न् पा-८ बैबाहा
हाल :- बहराइन

प्रमुख समाचार

कर्मचारी

View All