ताजा समाचार

News

यसरी प्रहरीको निद हराम गर्छन् विदेशी पर्यटक

२०७३ मङ्सिर ८ बुधबार
image not found
नारायण अधिकारी
मंसिर ८ ,काठमाडौं  । 
 
 सन् २०१५ जुलाई २६ मा हट्टाकट्टा ज्यान भएका, खाइलाग्दा भिभोद्नो दिमित्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए । दिमित्रीको पासपोर्ट नम्बर थियो, ७१६९६८४६० । पर्यटक नेपाल झर्ने बित्तिकै विमानस्थलमा भएको पर्यटक प्रहरीले केही मिनेट काउन्सिल गर्छ । ‘ह्वाई यु आर कम इन नेपाल ?, ह्वाट इज द रिजन बिहान्डी कम इन नेपाल’ पर्यटक प्रहरीले विमानस्थलमा प्रश्न गर्छन् ।‘माई फ्रेण्स सेयर मि, नेपाल इज भेरी ब्युटिफुल कन्ट्री, सो आइएम भिजिटिङ टु नेपाल’ दिमित्रीले जवाफ दिन्छन् । केही समस्या परेमा हामीलाई खबर गर्नुभन्दै प्रहरीले उनलाई छाडिदिन्छ । दिमित्रीलाई मात्र हैन, हरेक पर्यटकलाई पर्यटक प्रहरीले यसैगरी सोध्ने गर्छ । र उनीहरुको समस्या समाधान गर्ने बाचा सहित पर्यटकलाई छाड्छन् ।
 
तर ठिक उल्टो । पर्यटकको समस्या समाधान गर्नुभन्दा पनि प्रहरीलाई नै कतिपय पर्यटकले हैरान पार्ने गरेका छन् । दिमित्री भन्दा दुई दिनपछि अर्थात जुलाई २८ मा आएका थिए पर्यटक एजिजोभ इग्रो । ७२७४२१५५१ पासपोर्ट नम्बरका इग्रो । विसं २०७२ असोज २७ गते झोछेमा रहेको धौलागिरी गेष्टहाउसका सञ्चालक दिलमाया थकाली र २०७३ असार १७ गते तारकेश्वर २० का उपेन्द्र नेपालले पर्यटक प्रहरी भृकुटीमण्डपमा दिमित्री र इग्रो विरुद्ध उजुरी गरे । ‘यिनीहरुले घरको झ्याल ढोका फोड्ने, मान्छेलाई पिट्दै हिँड्ने, आफू बसेको गेष्टहाउसको भित्तामा जथाभावी केर्ने तथा नाङ्गै छतमा नाच्ने गर्दा रहेछन्’ पर्यटक प्रहरी भृकुटीमण्डपका प्रहरी निरीक्षक तुलसा खतिवडाले भन्नुभयो ‘यिनीहरुले पब्लिकलाई मात्र हैन पर्यटक प्रहरीलाई पनि त्यति नै दुःख दिए ।’
 
सन् २०१५ मा नेपाल आएका यी पर्यटकले मानसिक सन्तुलन गुमाएपछि ठमेल, बसन्तपुर क्षेत्रका नागरिकले मात्र सास्ती पाएनन् प्रहरीले पनि त्यतिनै सास्ती पाउनु पर्‍यो । यो उजुरी पर्यटक प्रहरीकोमा आएपछि उनीहरुलाई पक्रन पटक पटक पर्यटक प्रहरी गयो । उल्टै प्रहरीले कुटाई खाए । ‘नागरिकलाई कुट्ने बानी परेको रहेछ हामीलाई बाँकी राखेन’ एक पर्यटक प्रहरीले भने । अन्तत प्रहरीले उनीहरु दुवैलाई पक्रियो र दूतावासमार्फत आफ्नो देश फर्कायो ।
ठमेल, बसन्तपुर, सुन्धारा, भद्रकाली क्षेत्रमा कहिले नाङ्गै त कहिले झुत्रेझाम्रे लुगा लगाएर एक विदेशी हिँहिरहन्थे । ती विदेशी विरुद्ध ठमेलको डोको नाम्लो युवा समूहले गएको असार १० गते उजुरी हाल्यो । ‘यिनले हामीलाई दुःख दिए, महिला केटाकेटी केही बाँकी राखेनन्, कुट्न थाले’ उजुरीमा भनिएकी थियो । उनले पसलमा भएका सामान खोसेर खाने, गाडीको बाटो छेक्ने गर्थे । अघिपछि शान्त हुने उनी गाँजा लगायत नसालु पदार्थ खाएपछि मान्छे पिट्दै हिँड्ने गर्थे ।

प्रमुख समाचार

कर्मचारी

View All