ताजा समाचार

News

दुराको घाँटु वृत्तचित्रमा

२०७३ कार्तिक २४ बुधबार
image not found
कार्तिक २४, 
दुरा समुदायको लोपोन्मुख संस्कृति जगेर्ना गर्न नयाँ पुस्ताले चासो देखाउन थालेका छन् । सरोकारवालाले प्रशंसा गरेका छन् ।चन्द्रेश्वर–३, चन्द्रपाटा (च्यानपाटा) स्थित खजे दुरा स्मृति पार्कमा आयोजित ४१ औं खजे दुरा स्मृति दिवस अवसरमा दुरा जातिमा प्रचलित बाह्रमासे घाँटु सम्बन्धी वृत्तचित्र सार्वजनिक गरिएको छ । 
‘बाह्रमासे घाँटु’ वृत्तचित्र मानवशास्त्रका विद्यार्थी एवं युवा संगीतकार रामशरण बरालले त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागको शोधपत्रका लागि तयार पारेका हुन् ।
 
राष्ट्रिय सामुदायिक पुस्तकालय सञ्जालका अध्यक्ष गणेशप्रसाद नेउपानेले ऐतिहासिक दुराडाँडा क्षेत्रमा रहेको लोपोन्मुख अल्पसंख्यक दुरा जातिको संस्कृतिको उजागर गर्न वृत्तचित्रले महत्त्वपूर्ण भूमिका खेलेको बताए । दुरा सेवा समाजका अध्यक्ष गोकुलप्रसाद दुराले लोपोन्मुख जातिको लोक संस्कृतिलाई वृत्तचित्रमार्फत विश्वव्यापीकरण गर्नु जरुरी रहेको धारणा राखे ।
 
उनले स्थानीय स्तरको संस्कृतिलाई बृहत् बनाउने प्रयास गर्नु स्वागतयोग्य भएको टिप्पणी गरे । मानवशास्त्रका प्राध्यापक सुरेश ढकालले हराउँदै गएको दुरा लोक संस्कृतिबारे श्रव्यदृश्य माध्यमबाट तयार पारिएको शोधपत्र मानवशास्त्र विभागमै पहिलो रहेको सुनाए ।
 
दुरा समुदायका बुद्धिजीवी यमबहादुर दुराले वृत्तचित्रले दुरा समुदायको लोक संस्कृति प्रवर्द्धनमा टेवा पुगेको उल्लेख गरे । अनुसन्धाता बरालले लोपोन्मुख दुरा जातिको विषयमा अहिलेसम्म श्रव्यदृश्य अनुसन्धान नभएकाले आफूले अध्ययन गरेर वृत्तचित्र निर्माण गरेको बताए । गुरुङ संस्कृतिविद्हरूले भने पहिले गुरुङ समुदायको संस्कृतिमा आधारित घाँटु पछिल्लो समय दुरा, मगर समुदायले पनि नाच्ने गरेको औंल्याएका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All