ताजा समाचार

News

​ टेलिभिजनमा काम गरेर करोडभन्दा बढी पारिश्रमिक लिने कलाकार

२०७३ कार्तिक ७ आइतबार
image not found
कात्तिक ७ ,काठमाडौं  ।
 
सलमान खानले बिगबोसको चौथौ सिजनदेखि लगातार दशौँ सिजनसम्म होस्ट गरिरहेका छन् । बिगबोस सिजन १० सञ्चालन गरेबापत उनले ६ देखि ८ करोडसम्म पारिश्रमिक लिइरहेका छन् । सलमानले बिगबोस अघि टेलिभिजन शो दसकादम पनि होस्ट गरेका थिए । 
 
उक्त शोको लागि उनी प्रति एपिसोड ८० लाख भारु चार्ज गर्थे । सलमानसँगै आज हामी अन्य बलिउड सेलिब्रेटीले टेलिभिजन कार्यक्रम सञ्चालन गरेर पाएको पारिश्रमिक बारे चर्चा गर्दैछौँ ।
अमिताभ बच्चन रियालिटी शो कौन बनेगा करोडपतिले अमिताभ बच्चनलाई नया जीवन दिएको थियो । उनले उक्त शो सिनेमाबाट बेरोजगार भएको समयमा पाएका थिए । यो शोको प्राईज मनी सन् २००० मा १ करोड रुपैयाँ थियो । उक्त शो को प्रस्तोता बने बापत उनले प्रति एपिसोड चार देखि ६ करोड भारु लिने गर्थे । 

प्रमुख समाचार

कर्मचारी

View All