ताजा समाचार

News

संगितकार भट्ट भन्दैछन अनु शाहलाई नांच मैंया नांच

२०७३ असोज १८ मंगलबार
image not found
नेपालि सांगितिक बजार तताउन हालै एउटा फरकधारको Dj club mix गित नाच मैया नाच सार्वजनिक भएको छ । बादल थापा र सम्झना मगरको स्वर रहेको उक्त गितमा फरक शैलिको र्याप गरेका छन Mr.Rj ले । गितको शब्द / संगित राजेन्द्र भट्ट (Mr.Rj) ले नै गरेका हुन् । भिडियोमा नायिका अनु शाह संग मोडल प्रकाश थापाले रोमान्स गरेका छन्। 
ज्ञानेन्द्र शर्मा हुमांगांईले छांयाकन गरेको उक्त भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेको हुन भने कोरियोग्राफि अनि निर्देशन चैं  Dipak m.sing ले गरेका हुन् । यसअघि ४/५ ओटा गितमा मोडलिङ् गरिसकेका प्रकाश थापा भने यो गितिबाट एकदमै धेरै आशाबादि देखिन्छन् । उनि भन्छन् "यो भिडियो मेरो जिवनको उत्कृष्ट भिडियो हो ।" यो गितबाट संगितकार तथा र्यापर राजेन्द्र भट्ट (mr.Rj) पनि निकै नै आशाबादि छन् । उनि भन्छन्  "नेपालि गित संगितमा केहि फरक गर्न खोजेको छु त्यसैले सबैले मन पराउनेमा ढुक्क छु । " बिहे पाट्रिमा अक्सर हिन्दि गित बजेको देख्दा बिरक्तिने संगितकार भट्ट त्यो परम्परा हट्नु पर्छ र यो गित त्यहि मेख मार्नका लागि बनाएको बताउछन् । उनि भन्छन् "बलिउड लेभको गित हामि नि बनाउन सक्छौ - उनिहरुको टेष्ट हामि नि दिन सक्छौ तर आम दर्शक र स्रोताले सुनिदिनु मात्र पर्छ ।" गित र भिडियो उत्कृष्ट भएकाले गितले मार्केट तताउने पक्का छ। 

प्रमुख समाचार

कर्मचारी

View All