ताजा समाचार

अन्तर्राष्ट्रिय

  • news

    फ्रान्समा ट्रकले किचेर ७७ को मृत्यु, सय बढी घाइते

    असार ३१, काठमाडौं । फ्रान्सको नीस शहरमा बास्टील डेको भीडमा एक ट्रकको ठक्करबाट ७७ भन्दा धेरैको ज्यान गएको छ ।स्थानीय अधिकारीकाले मानिसहरुको मृत्यु भएको जानकारी दिदै उक्त सवारी हमलामा सयभन्दा धेरै मानिस घाइते भएको बताए

  • news

    ‘आवरमाइन’द्वारा ट्वीटरका कार्यकारी निर्देशककै ट्वीटर एकाउन्ट ह्याक

    असार २६ न्यूयोर्क । पछिलो केही महिनादेखि नाम चलेका व्यक्तिहरूको ट्वीटर एकाउन्ट ह्याक भइरहेका खबर आइरहेका छन् । अब स्वयं ट्वीटरका मुख्य कार्यकारी अधिकारी जैक दोरसेको एकाउन्ट नै शनिवार ह्याक भएको छ

  • news

    बग्दादको बम हमलामा मृत्युहुने २५० जना, बुधबार कैयौँ श्रद्धान्जलि सभा

    असार २३ बग्दाद । इराकको राजधानी बग्दादमा आइतबार भएको बम आक्रमणमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या २५० पुगेको समाचार छ ।गएको आइतबार बिहान सबेरै भएको हमलामा २१३ जनाको ज्यान गएको जनाइएको थियो

  • news

    टर्कीको विमानस्थलमा भीषण हमला

    असार १५ टर्की । टर्कीको राजधानी स्तानबुलस्थित मुख्य विमानस्थलमा आत्मघाती बम आक्रमण र अन्धाधुन्ध गोली प्रहारबाट ३२ जनाको ज्यान गएको छ ।युरोपको सबैभन्दा व्यस्तमध्ये एक स्तानबुलको विमानस्थलमा तीनजना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा तथा बम विस्फोट गराउँदा

  • news

    सोमालियाको होटलमा आक्रमण, १४ जनाको मृत्यु

    असार १२ इस्लामिक समूह अल–शबाबले सोमालियाको राजधानी मोगादिशुको एक होटलमा गरेको आक्रमणमा कम्तिमा १४ जनाको ज्यान गएको छ

  • news

    आइएसले आफ्नै लडाकुलाई धमाधम मार्न थाल्यो

    जेठ २४ सिरिया । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)ले आफ्नै लडाकुलाई धमाधम मार्न थालेको छ । आइएसले अमेरिकी गठबन्धनलाई आफ्नो सूचना उपलब्ध गराएको आरोपमा लडाकुहरुलाई मृत्युदण्ड दिएको हो । यस्तो आरोपमा कम्तीमा पनि ३८ लडाकुलाई मृत्युदण्ड दिइएको

  • news

    प्रदर्शनकारीलाई छल्दै ओबामा हिरोसिमा पुगे

    २०७३ जेष्ठ १४ हिरोसिमाः अमेरिकी राष्ट्रपति बाराक ओबामा जापानको हिरोसिमा सहर पुगेका छन् । उनले शुक्रबार जापानी नागरिकको विरोधका बीच हिरोसिमाको भ्रमण गरेका हुन् । अमेरिकी राष्ट्रपतिको हैसियतमा हिरोसिमाको भ्रमण गर्ने ओबामा पहिलो राष्ट्रपति बनेका छन्

  • news

    पाकिस्तानले कश्मीर कब्जा गर्यो ! अमेरिकासँग भारतले माग्यो सहयोग

    जेठ ५, काठमाडौं । पाकिस्तानले भारतसँग सीमा जोडिएको कश्मीर प्रान्तका केही भाग कब्जामा लिएको छ ।ती भागहरुमा मानवअधिकार हनन भएको भन्दै भारतको एक समूह अमेरिकासँग सहयोग माग्न न्यूयोर्क पुगेको छ

  • news

    दक्षिण कोरियामा मजदुर आन्दोलन चर्कदै

    जेष्ठ १ सोल दक्षिण कोरियामा विभिन्न मजदुर युनियनको आन्दोलन चर्कदै गएको छ । मजदुरका मागप्रति सरकारले सुनुवाई नगरेको भन्दै युनियनले आन्दोलन चर्काएका हुन् ।श्रमिकका समस्या बिषयमा सरकारलाई दश बुँदे माग राख्दै मजदुर युनियनले हस्ताक्षर बुझाइसकेका छन् । मजदुरले

  • news

    अफगानिस्तानमा सुरक्षा कारबाहीमा ४३ तालिवान मारिए

    बैशाख २५,अफगानिस्तान अफगानिस्तानका विभिन्न स्थानमासुरक्षाकर्मीको कारबाहीमा परी कम्तीमा ४३ जना तालिवान लडाकू मारिएको समाचार छ । शुक्रबार ती तालिवान मारिएको समाचारमा जनाइएको छ । उक्त लुकेर बसेका तालिवान लडाकूलाई लक्ष्यगरी शुक्रबार र शनिबार गरिएको हवाई

  • news

    राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार ट्रम्पको सम्भावना

    बैशाख २३ वासिङटनः रिपब्लिकनका तर्फबाट डोनाल्ड ट्रम्प राष्ट्रपतिको उम्मेदवारी हुने सम्भावना बढेको छ । प्रारम्भिक चरणको चुनावमा इन्डियाना राज्यमा आफ्ना निकटतम प्रतिद्वन्द्वी टेड क्रुजलाई हराएपछि यस्तो सम्भावना देखिएको

  • news

    उत्तराखण्डको जंगलमा लागेको आगो निभाउन ३ वटा हेलिकोप्टर

    वैशाख २० – जंगलमा लागेको आगो नियन्त्रण भन्दा बाहिर गएपछि भारतको उत्तराखण्ड सरकारले आगो निभाउन हेलिकोप्टरको प्रयोग गर्न थालेको छ । तीन वटा हेलकोप्टरमार्फत आगो निभाउने प्रयास भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय प्रशासनले आवश्यक परे थप हेलिकोप्टरको

  • news

    मोदीको डिग्रीबारे गुजरात विश्वविद्यालयले दियो यस्तो जानकारी

    वैशाख २० – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्नातकोत्तर (डिग्री) को विवादबारे भारतको गुजरात विश्वविद्यालयले जानकारी गराएको छ ।

  • news

    नर्वेमा कम्तीमा १५ जनासहित उडेको हेलिकोप्टर दुर्घटनाग्रस्त

    बैशाख १८, नर्वे नर्वेको पश्चिममा अवस्थित सामुद्रिक तटमा हेलिकोप्टर शुक्रबार दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा १५ देखि १७ जना मानिस यात्रारत भएको प्रहरीले बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्

  • news

    नैरोवीमा भारी वर्षाबाट १४ को मृत्यु

    बैशाख १८, नैरोवी केन्याको राजधानी नैरोेवीमा भारी वर्षा भएको छ । शुक्रबार राति भएको सो वर्षाका कारण कम्तीमा १४ जनाको ज्यान गएको बताइएको छ

  • news

    मुख्यमन्त्री केजरीवालमाथि जुत्ता प्रहार, दिल्लीमा खैलाबैला

    काठमाडौं, २७ चैत । दिल्लीका मुख्यमन्त्री एवम् आम आदमी पार्टीका नेता अरविन्द केजरीवालमाथि जुत्ता

  • news

    फ्रान्समा संकटकाल जारी

    माघ ८-फ्रान्समा इस्लामिक स्टेट (आइएस) बिरुद्धको कारबाही समाप्त नभएसम्म सकंटकाल जारी रहने भएको छ । फ्रान्सका प्रधानमन्त्री मानुएल भल्सले आतंकवादी समूह आइएसका कारण देश असुरक्षित रहेको भन्दै संकटकाल जारी रहने बताएका हुन्

  • news

    भोकमरीले ग्रस्त मडायाका ४०० जनालाई तत्काल स्वास्थ्य उपचारको खाँचो

    पुस २८ – भोकमरीले ग्रस्त सिरियाको मडायाका चार सय जनालाई तत्काल स्वास्थ्य उपभारको खाँचो रहेको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् ।संयुक्त राष्ट्रसंघका लागि न्युजिल्याण्डका राजदूतले मडायाका चार सय भन्दा धेरै मासिनसलाई स्वास्थ्य उपचारका लागि तत्काल

  • news

    बग्दादको सपिङ सेन्टरमा आइएसको आक्रमण, १८ जनाको मृत्यु

    पुस २८ – विद्रोही संगठन इस्लामिक स्टेट आइएसको आक्रमणमा परी इराकमा १८ जनाको ज्यान गएको छ । इराकको राजधानी बग्दादमा आइएसले शिया मुसलमानलाई लक्षित गरी एक सपिङ सेन्टरमा आक्रमण गरेको हो । शिया समुदायको बसोबास रहेको अल जदेदा क्षेत्रको अल जोहारा सपिङ सेन्टरमा

  • news

    बिहारमा प्रहरी र नक्सालवादीबिच भिडन्त, ५ जनाको मृत्यु

    पुस २५ – भारतको बिहारमा प्रहरी र नक्सालवादीबिचको संघर्षमा पाँच जना नक्सालवादीको ज्यान गएको छ । बिहारको राजधानी पटनाबाट झण्डै एक सय २० किलोमिटर दक्षिणमा रहेको औरंगावादको ढिबरामा केन्द्रीय रिजर्व पुलिस बल सिआरपिएफ र नक्सालवादीबिच मुढभेड भएको हो

  • news

    भोकमरीका कारण मानिसले ढुंगामाटो खान थाले

    पुस २५-द्वन्द्वग्रस्त सिरियाको एउटा गाउँका मानिसले भोकमरीका कारण ढुंगामाटो खान थालेका छन् । भोकमरीको चपेटामा परेका उनीहरुले खानेकुरा केही नपाएपछि ढुंगामाटो नै खान थालेको भोकमरीग्रस्त क्षेत्र मडायाका बासिन्दाको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । मडायामा

  • news

    राष्ट्रसंघ सुरक्षा परिषदद्वारा उत्तर कोरियाको निन्दा

    पुस २३ – संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले परमाणु परीक्षण गरेको भन्दै उत्तर कोरियाको निन्दा गरेको छ । सुरक्षा परिषदले उत्तर कोरियाले परमाणु परीक्षण गरेर संयुक्त राष्ट्र संघको यसअघिको प्रस्तावको उल्लंघन गरेको जनाएको छ ।बुधबार उत्तर कोरियाले हाड्रोजन बमको

  • news

    आईएस आक्रमणबाट २५ इराकी योद्धाको मृत्यु

    पुस २२ - कम्तिमा २५ इराकी योद्धा इस्लामिक स्टेट (आईएस) सँगको तीन दिन लामो सङ्घर्षका क्रममा इराकको अनवर प्रान्तको हाडिथा क्षेत्रमा सरकार समर्थित जनजाति समूहमा आवद्ध योद्धाको मृत्यु भएको इराकको सुरक्षा स्रोतले जनाएको छ

  • news

    पठानकोट आक्रमण सम्बन्धी जानकारी भारतले पाकिस्तानलाई दियो

    पुस २१ – भारतले पठानकोट आक्रमण सम्बन्धी जानकारी पाकिस्तानलाई दिएको छ । भारत सरकारले पठानकोटमा भएको आतंककारी आक्रमण सम्बन्धी महत्वपूर्ण जानकारी पाकिस्तानलाई दिएको हो ।पाकिस्तानको विदेश मन्त्रालयले भारतबाट प्राप्त जानकारीमा आधारित रहेर काम सुरु गरेको जनाएको

  • news

    आतंकवादी आक्रमणमा संलग्न रहेको भन्दै साउदीमा ४७ जनालाई फाँसी

    पुस १९ - आतंकवादी आक्रमणमा संलग्न रहेको भन्दै साउदी अरेवियाको सरकारले ४७ जनालाई फाँसी दिएको छ । फाँसी पाउनेमा एक जना शिया धर्मगुरु पनि छन् । साउदी अरेबियाको गृह मन्त्रालयका अनुसार फाँसीको सजायँ पाउनेहरु सन् २००३ देखि २००६ को बिचमा साउदी अरवियामा अलकायदाले गरेको

  • news

    दुबईको ६३ तला अग्लाे एक होटलमा आगलागी

    पुस १८ - दुबईको एउटा होटलमा आगोलागी हुँदा १६ जना घाइते भएका छन् । ६३ तला अग्लो होटलको २० औँ तलामा आगलागी भएको हो । नयाँ वर्षको स्वागत उत्सव चलिरहँदा शुक्रबार राति लागेको आगो ३ सय मिटर उचाइसम्म पुगेको छ । विश्वकै अग्लो भवन बुर्ज खलिफा अगाडीको होटलमा लागेको आगोले

  • news

    पाकिस्तानमा आत्मघाती आक्रमण, २६ जनाको मृत्यु

    पुस १५ – पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा आत्मघामती बम विस्फोट हुँदा २६ जनाको ज्यान गएको छ । मरदान शहरको मध्येभागमा रहेको एक सरकारी भवन नजिक भएको आत्मघाती आक्रमणमा अन्य ४५ जना घाइते भएका

  • news

    पेरिस आक्रमणका योजनाकार सहित १० आइएस कमाण्डरको मृत्यु

    पुस १५ – अमेरिका नेतृत्वको गठबन्धन सेनाले इराक र सिरियामा गरेको हवाई आक्रमणको क्रममा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका १० जना कमाण्डर मारिएका छन् । गएको एक महिनाको अवधिमा भएका हवाई आक्रमणको क्रममा फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी आक्रमणका

  • news

    नाइजेरियामा आत्मघाती बम आक्रमण, ५५ जनाको मृत्यु

    पुस १४ – नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आत्मघाती बम आक्रमणमा परि ५५ जनाको ज्यान गएको छ । महिला आत्मघाती आक्रमणकारीले अदामावा र बोर्नो राज्यमा गरेको छुट्टाछुट्टै बम आक्रमणमा ५५ जना भन्दा धेरैको ज्यान गएको हो

  • news

    आइएसको गढ क्षेत्रमा सेना प्रवेश

    पुस १३ – इराकी सेनाले रमादी शहरको मुख्य प्रशासनिक क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ । बिद्रोही विरुद्धको कारवाही अभियान अन्तर्गत सरकारी सेनाले रमादीमा रहेका इस्लामिक स्टेट आइएसका लडाकुलाई हटाएको छ । रमादीमा रहेको मुख्य सरकारी भवन अब पूर्णरुपमा सेनाको

  • news

    आइएसको मूख्य आपूर्ति मार्गमा सेनाको कब्जा

    पुस १२ – अमेरिकाको समर्थन रहेको गठबन्धन सेनाले सिरियामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको आपूर्ति मार्गको महत्वपूर्ण पुलमा नियन्त्रण कायम गरेको छ । अमेरिकाको समर्थन रहेको कुर्द–अबर गठबन्धन सेनाले युफ्रेतस नदीमा बने पुलबाट आइएसबा लडाकुलाई हटाएको हो । यो पुल

  • news

    हवाई आक्रमणमा विद्रोही समूहका प्रमुख नेता मारिए

    पुस ११ - सिरियामा विद्रोही समूह जैश उल इस्लामका प्रमुख नेता राजधानी दमासकसनजिक गरिएको हवाई आक्रमणमा मारिएका छन् । हवाई आक्रमणमा परि ४४ वर्षीय जहरुन अलुशसहित केही अरु नेता मारिएको सिरियाली सेनाले दावी गरेको हो । साउदी अरबको समर्थन पाएको यो समूह राजधानी

  • news

    दमास्कसबाट पछि हट्न आइएस सहमत

    सिरिया, पुस १० - सिरियाको चरमपन्थी समूह इस्लामिक स्टेट (आइएस) दमास्कसको बाहिरी क्षेत्रबाट पछि हट्न तयार भएको छ । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा हुने वार्ताको सहमतिअनुसार आइएस दमास्कसको बाहिरी क्षेत्रबाट पछि हट्न सहमत भएको बेलायतयस्थित सिरियन अब्जरभेटरी फर

  • news

    तीनसय जना शिया मुसलानको सामूहिक चिहान फेला

    पुस ९ - मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्लु) ले नाइजेरियामा तीन सय जना शिया मुसलानको सामूहिक चिहान फेला परेको दाबी गरेको छ । एचआरडब्लुले नाइजेरियाको उत्तरी शहर जरियामा तीन सय भन्दा वढीको संख्यामा शिया मुसलमानको सामूहिक चिहान फेला परेको जनाएको हो ।

  • news

    सिरियामा रुसकाको हवाई आक्रमण दुई सय नागरिक मारिए

    पुस ८- सिरियामा रुसकाको हवाई आक्रमणका कारण दुई सय भन्दा धेरै नागरिकको ज्यान गएको छ । मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले सार्वजनिक गरेको प्रदिवेदनमा पछिल्लो समय इस्लामिक स्टेट आइएस विरुद्ध भन्दै रुसले सिरियामा गरेको हवाई आक्रमणको क्रममा कम्तिमा दुई

  • news

    अफगानिस्तानको हेलमण्ड प्रान्तको सांगिन शहर तालिबानको कब्जामा

    पुस ७ - तालिबानले अफगानिस्तानको दक्षिणी हेलमण्ड प्रान्तको सांगिन शहर आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ । रणनीतिक रुपले महत्वपूर्ण शहर सांगिनको मुख्य क्षेत्रमा आफूले कब्जा गरेको तालिबानले जनाएको छ । सांगिनको प्रहरी मुख्यालय तथा सरकारी भवनलाई गएको दुईदेखि

  • news

    विश्व हिन्दू परिषदको अगुवाईमा राम मन्दिर निर्माणको तयारी

    लखनउ, पुस ६ - भारतको अयोध्यामा राम मन्दिर बनाउन भन्दै धमाधम ढुंगा थुपार्न थालिएको छ । आइतबार पहिलो खेपअन्तर्गत दुई ट्रक ढुंगा अयोध्यामा ल्याइएको छ । विश्व हिन्दू परिषदको अगुवाईमा अयोध्यामा राम मन्दिर निर्माणको तयारी गरिएको हो । उक्त संगठनका प्रवक्ता शरद शर्माका

  • इदलिब शहरमा श्रृँखलाबद्ध हवाइ आक्रमण, ४३ को मृत्यु,

    पुस ६ – सिरियाको उत्तरपूर्वी इदलिब शहरमा भएको श्रृँखलाबद्ध हवाइ आक्रमणमा ४३ जनाको ज्यान गएको छ । एक सय ७० जना घाइते भएका छन् । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीले बताएका छन् । इदलिबका बासिन्दाले रुसी लडाकु विमानले हवाई आक्रमण भएको आरोप लगाएका छन्

  • news

    चीनमा ३० वटा भवन जमिनमा धसिए, ५९ जना बेपत्ता

    पुस ६ - चीनको शेनचेनमा गएको पहिरोमा पुरिएर ५९ जना बेपत्ता भएका छन् । दक्षिणी शहर शेनचेनमा पहिरो जाँदा ३० भन्दा धेरै घर ध्वस्त भएका छन् । त्यस क्रममा ५९ जना बेपत्ता भएको सरकारी अधिकारीले बताएका छन् । शेनचेनको औद्योगितक क्षेत्रमा ३० भन्दा धेरै भवन जमिन तथा फोहोरमा

  • news

    यमनमा सेना र बिद्रोहीबीचको भिडन्तमा ६८ जनाको मृत्यु

    पुस ५ – यमनमा सरकारी सेना र हुथी बिद्रोहीबीच भएको झडपमा ६८ जनाको ज्यान गएको छ । साउदी अरबको सीमा नजिक उत्तर पश्चिमी यमनमा भएको पछिल्लो भिडन्तमा सरकारी सेना र बिद्रोही गरी कम्तिमा ६८ जनाको ज्यान गएको छ । हारद शहरमा सरकारी सेना र हुथी बिद्रोहीबीच झडप भएको हो । हुथी

प्रमुख समाचार

कर्मचारी

View All