ताजा समाचार

Slider

एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा मतदान गर्नु हुदै

image not found बैशाख३१ , भक्तपुर । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनका लागि सूर्यविनायक नगरपालिकाको बालकोटमा मध्यान्ह मतदान गरेका छन् । ओली मतदानका लागि मध्यान्ह १२ बजे बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेका थिए । मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले दोलखा लागयतका केही ठाउँमा सत्तापक्षले सुरक्षाकर्मीको आडमा बुथ कब्जा गरेकाले त्यसबारे कुराकानी भइरहेको बताए । मतदानपछि उनले भने- दोलखालगायत केही स्थानमा उनीहरुले बल प्रयोग गरेका छन्,छिटफुट घटना बाहेक मतदान शान्तिपूर्ण र उत्सापूर्ण ढंगले भइरहेको खबर हामीले पाएका छौं । ती बल प्रयोग र बुथ कब्जा गरिएका ठाउँको सन्दर्भमा हामीले निर्वाचन आयोगसँग कुराकानी गरिरहेका छौं ।

प्रमुख समाचार

कर्मचारी

View All