ताजा समाचार

Slider

धनगढी प्रिमियर लिग २०७३ रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्सको लग

image not found बेलौरी, चैत ३० धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलमा वुधवार भएका खेलमा रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स विजयी भएका छन । दुवै टीमले लगातार दुई जित दर्ता गर्दै अंक तालिकामा ४ अंक पुराएका छन । शक्ति गौचन नेतृत्वको रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित हासिल गर्ने क्रममा सिआईवी अत्तरियालाई ४२ रनले पराजित गरेको छ । काठमाडौं गोल्डेन्सले विराटनगर किंग्सलाई ८६ रनले हराएको छ । सेती अञ्चल प्रहरी मैदान धनगढीमा वुधवार भएको पहिलो खेलमा टस जितेर पहिले व्याटिङ गर्दै रुपन्देहीले ६ विकेट गुमाएर १२९ रन बनायो । रुपन्देहीका लागि राजेश पुलामी ३१ र प्रकाश केसीले २९ रन वनाए । अग्रपंक्तिका ब्याट्सम्यानहरु यस्तैमा पेविलियन फर्किएपछि रुपन्देहीका पुलामी र केसीले छैटौं विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । अत्तरियाले २८ अतिरिक्त रन दिएको थियो । अत्तरियाका लागि विनोद लामा र प्रदीप ऐरीले २ / २ विकेट लिए । १३० रनको लक्ष्य पछ्याउने क्रममा अत्तरिया ८७ रनमै समेटियो । रुपन्देहीका बलरहरुको कसिलो वलिङ आक्रमण अगाडी अत्तरियाका कुनै ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको अत्तरीयाका लागि कप्तान मल्लले ३० रन वनाए । उनी वाहेक विनोद लामाले १८ र अविानश वोहोराले १४ रन वनाउनु वाहेक अन्य व्याटसम्यानहरु दोहोरो अंक छुन सकेनन् । अत्तरियाका ८ खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् भने त्यसमध्ये २ जना शून्यमै आउट भए । रुपन्देहीलाई जिताउनका लागि सहव आलमको प्रदर्शन उत्कृष्ट रहृयो । उनी एक्लैले ४ विकेट लिए । ४ ओभरमा आलमले १ मेडन राख्दै मात्र ८ रन खर्चिए । विक्रम सोवले २ विकेट लिए । खेलको वेल्स क्याफे म्यान अफ द म्याच समेत वनेका आलमले नगद १० हजार हात पारे । दुई खेल खेलेको रुपन्देहीले दुवै खेल जितेको छ । टोलीका कप्तान शक्ती गौचनले वलिङ व्याटिङ र फिल्डिडमा राम्रो गरेका कारणले जित हासिल गर्न सफल भएको वताउनुभयो । सिवाईसी अत्तरीयाका कप्तान ज्ञानेन्द्र मल्लले व्याटिङ विग्रिएका कारण हार व्यहोरेको वताउनुभयो । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत वुधवार दिउसो भएको खेलमा काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स वीचको खेलमा टस जितेर पहिले व्याटिङ गर्दै काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन बनायो । काठमाडौंका लागि सुमित महर्जनले २७ बलमा अविजित ४४ रन सोमपाल कामीले २० बलमा ३९ रन बनाए । यस्तै वसन्त रेग्मीले २४ बलमा ३० रन, सुभेन्दु पाण्डेले २५ बलमा २७ रन र नरेश वुढाऐरले २२ बलमा १३ रन वनाए । विराटनगरका लागि शरद भेषावकरले दुई विकेट लिए । सुशील कडेल र सन्दिप लामिछानेले एक÷ एक विकेट लिए । १ सय ७४ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स ८७ रन बनाउदा १९ औ ओभरमा अल आउट भयो । विराटनगरका लागि दिपेन्द्र सिंह ऐरीले २४ बलमा ३१ रन कप्तान शरद भेषावकरले १६ बलमा १३ रन बनाए । काठमाडौंका सन्तोष भट्टले तीन, भुवन कार्की र बसन्त रेग्मीले दुई दुई तथा मञ्जित श्रेष्ठ र सोमपाल कामीले एक एक विकेट लिए । खेलको वेल्स क्याफे म्यान अफ द म्याच समेत वनेका सुमित महर्जनले नगद १० हजार हात पारे । रणनिति अनुसार खेलेका कारण लगातार दोस्रो जित हासिल गरेको कप्तान वसन्त रेग्मीले वताउनुभयो । विराटनगर किग्सका कप्तान सरद भेषवाकरणले काठमाण्डौले तीन वटै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै आफुहरुलाई दवावमा राखेकोले हार व्यहोरेको वताउनुभयो । लिग अन्तर्गत विहीवार हुने पहिलो खेलमा टीम धनगढी र कञ्चनपुर आईकोनिक तथा दोस्रो खेलमा विराटनगर किग्स र सिवाईसी अत्तरीया विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्च एकेडेमीको संयुक्त आयोजनामा भईरहेको प्रतियोगितामा ६ टिम सहभागी छन् । ६ वटा शहरका नामबाट बनाइएका टिममा सुदूरपश्चिमका तीन शहरका तीन टिम सहित काठमाडौंको एक, विराटनगरको एक र भैरहवाको नामबाट एक टिम छन् । सबैभन्दा धेरै पुरस्कार रहेको घरेलु क्रिकेट प्रतियोगिता डिपिएलको विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैया पुरस्कार पाउने छन ।

प्रमुख समाचार

कर्मचारी

View All