ताजा समाचार

हाम्रो बारेमा

हाम्रो बारेमा

रेडियो सुदूर सञ्चार १०६.५ मेगाहर्ज                                                                                              
बेलौरी बजार, कञ्चनपुर ( महाकाली ) नेपाल                                                                                   
 

परिचय,

 
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी बजारमा सञ्चालित रेडियो सुदूर सञ्चार १०६.५ मेगाहर्ज एक मात्र रेडियो स्टेशन हो । यहा कुनै पनि एफ.एम रेडियो स्टेशन छैनन् र बाहिरका रेडियोहरु राम्रो सगँ सुन्न पनि सकिदैनन् सदरमुकाम महेन्द्रनगर बाट दक्षिणतिर लगःभग ५०–५५ किलो मिटर टाढा, जहा भौगोलिक हिसाबले धेरै ठुलो र अत्याधिकजनसख्या रहेको क्षेत्र भनेर कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरीलाई दर्शाउन सकिन्छ । पूर्वमा धनगढी, पश्चिममा भारत उत्तरमा महेन्द्रनगर र दक्षिणमा पनि भारतको मध्यकेन्द्र बिन्दुमा सञ्चालित एउटै एफःएम रेडियो स्टेशन रेडियो सुदूर सञ्चार १०६.५ मेगाहर्ज हो । विकासका पूर्वाधारहरुमा शब्दको गुलेली हान्दै विषेश वहस, छलफल र निष्कर्षमा जोड दिने यसको मुख्य ध्येय हा े भने कुकार्य, कुरिती,असुरक्षा, हत्या, हिसां चेलिबेटि बेचविखन, भ्रष्टाचार, ठगदारहरुमा धारिलो प्रहार साथै विकृती हटाई भव्य र सव्य समाज निर्माणमा आवाज उठाउने यसको उद्देश्य रहेको छ । साथ-साथै छुटेका आवाजहरु र चपेटामा पारिएका बालबालिकाहरुको हक–हितमा आवाज गुलन्द पार्ने यसको अर्को लक्ष्य रहेको छ ।
 
कञ्चनपुर मिडिया प्रा.लि द्धारा सञ्चालित रेडियो सुदूर सञ्चारले नेपाल सरकार सुचना तथा सञ्चारमन्त्रालयबाट २०७० वैशाख २४ गते प्रशारणको अनुमति पाएको हो । रेडियो सुदूर सञ्चारले २०७० भाद्र ५ गते पूर्णिमाको दिनमध्यान्न ठिक १२ बजे आफ्नो परिक्षण प्रशारण बैण्ड बाजा सहित वेलौरी बजार धन्कीदै रन्कीदै हर्ष र उल्लासका साथबजार परिक्रमागर्दै सुरु गर्यो । भने उद्घाटनकै अवसरमा ७ दिने भजन संगित कर्यक्रमपनि सञ्चालन गर्यो । साथै नियमित प्रसारण २०७० असोज १ गते बाट सम्र्पुण कार्यक्रमका साथ उद्घाटन भयो । कुकार्य, कुरिती, असुरक्षा, हत्या, हिसां चेलिबेटि बेचविखन, भ्रष्टाचार, ठगदारहरुमा धारिलो प्रहार, र हास्यव्यङ्गय मनोरञ्जनात्मक कार्यक्रमहरु समय सापेक्ष्य रेडियो सुदूर सञ्चारमा विहान ५ः०० देखि राति ११ः०० बजे सम्म स्रोताको मन जित्दै घन्की र रन्कीरहन्छन ।

 

लक्ष्य र उद्देश्य

विकासका पूर्वाधारहरुमा शब्दको गुलेलीहान्दै विशेष वहस, छलफल र निष्कर्षमाजोड दिने ।
भ्रष्टाचार कुकार्य, कुरिती, असुरक्षा, हत्या, र हिंसा जस्ता विकृती हटाई भव्य र सव्य समाज निर्माणमा आवाज उठाउने ।
गरिबीको चपेटामा परेकावाल–वालिकाहरु र छुटेकाआवाजहरुलाई सुचनाको हक बाट विमुख नराख्ने ।
चेलिवेटि बेचविखन, महिला तथा मानव अधिकारहनन् र ठगदारहरुमा शब्दरुपी वाणवाट धारिलो प्रहार, 
सिमा सुरक्षामा विशेष निगरानी, जनताको असली सुचक, समयको सुचना समयमै, साथमा हास्यव्यङ्गयमनोरञ्जन,
प्रहरीहरुको प्रहरी, जनताको असली पहरेदार रेडियो सुदूर सञ्चार १०६.५ मेगाहर्ज,
 

कार्यक्रम र स्रोता

– बिषेश गरी हास्यव्यङ्गय मनोरञ्जनात्मक कार्यक्रमहरु सँगै व्याङ्गयात्मक प्रसगँ दिदै वहुभाषी आवाजहरुमा विभिन्न सुचना,सन्देश र वहस –लक्षितवर्ग बाल–बालिका देखी वृद्ध अवस्था सम्मका सबै मानिसलाई समेटिने कार्यक्रमहरु हरेक दिन,–रेडियो सुदूर सञ्चारको थेगो नै रहेको छ नसुनी मन मान्दै–मान्दैन । ५ / ६ लाखजनताले प्रत्यक्ष सुन्न सक्ने क्षमता, Online :- www.radiosudursanchar.com.np बाट विश्वभरि एकै साथ सुन्न सकिने व्यवस्था,

 

कार्यक्रम र विज्ञापन

ढुक्क हुनुहोस व्यवसायिक प्रमोसनका लागी सुदूर पश्चिमको सबै भन्दा फरक र सुरक्षित माध्यम हो रेडियो सुदूर सञ्चार १०६.५ मेगाहर्ज,  तपाई आफ्नो व्यवसायमा व्यस्त,मस्त र स्वस्थ रहनुहोेस तपाईको व्यापार–व्यवसायलाई सुदूर पश्चिमलगायत विश्वभर इन्टरनेट मार्फत फैलाउने र चिनाउने जिम्मा हाम्रो,  हामी संगको सहकार्य पछि हजुर, तपाई भन्नुहोस..?  राम्रो कि नराम्रो, रेडियो सुदुर सञ्चार हाम्रो..?
 

विज्ञापन र प्रसारण सम्बन्धी

विज्ञापनदाता संग लिखित सहमति पछि मात्रै विज्ञापन प्रसारण शुरु हुन्छ । विज्ञापन प्रसारण बाफत जम्मा हुन आउने रकम अग्रीम भुत्तानी गर्नु पर्ने छ । करार अवधि भित्रै विज्ञापन प्रसारण रोक्नु परेमा विज्ञापन दाताले रेडियो सुदुर सञ्चारलाई लिखित जानकारी गराउनु पर्नेछ । त्यस पछि मात्र विज्ञापन रोकिन सक्छ । रेडियो सुदुर सञ्चारले आफ्नो सेल्फ स्टुडियोमा उत्पादन गरेको कुनै पनि विज्ञापन अनुमतिविना कहि कतै लैजान र प्रसारण गर्न पाईदैन । प्रतिस्पर्धात्मक बजारमा हाम्रो रेडियोको वेग्लै पहिचान, सान र छुटै स्थान छ । होच्याउने समाजमा नकारात्मक प्रभाव पार्ने, राष्ट्र राष्ट्रियता र आम नागरिकलाई आघात पुग्ने गरि तयार पारिएको कुनै पनि विज्ञापन रेडियो स्ुदूर सञ्चार बाट प्रसारण हुने छैन ।
 
फोन :-  ०९९ - ५८००५४  र  ०९९ - ५८०१९३ mo. 9848844809     वेवसाइट :-  www.radiosudursanchar.com.np

Email:-  100.4rss@gmail.com

धन्यवाद ।।।
 
 
 

प्रमुख समाचार

कर्मचारी

View All